नेपाल यस वर्षको प्रतिवेदनमा ६.५३ (१ देखि १० सम्मको क्रममा, अधिकतम मानको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता) अंकका साथ १६२ राष्ट्रहरु मध्ये १०२ औं स्थानमा रहेको छ । यस अंकका साथ गत वर्षको तुलनामा नेपाल ५ स्थान माथि चढेको हो । गत वर्ष ६.५० अंक ल्याएर १५९ राष्ट्रहरु मध्ये नेपाल १०७ औं स्थानमा रहेको थियो । त्यसअघि भने ६.४५ अंक ल्याएर १५७ राष्ट्रहरु मध्ये नेपाल १०८ औं स्थानमा रहेको थियो ।
विगतका विभिन्न अध्ययनहरुले देखाए अनुसार, आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरुका जनताहरुमा बढी समृिद्ध, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ ।
आर्थिक स्वतन्त्रताको सूचीमा माथि रहेको राष्ट्रहरुको सन् २०१६ मा औसत प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन ४०,३७६ अमेरिकी डलर रहेको थियो भने आर्थिक स्वन्तन्त्रता सूचीको निम्न पंक्तिमा रहेका राष्ट्रहरुको ५,६४९ अमेरिकी डलर थियो । यसै गरी, यी दुई समूहका राष्ट्रहरुको औसत आयु पनि लगातार ७९.५ वर्ष र ६४.४ वर्ष रहेको छ ।