बैंकिङ खबर । २०७४ असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय सुरु गरेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रथम वर्ष सफलताका साथ पुरा गरि दोश्रो वर्षमा प्रवेश गरेको छ । यो अवधिमा कम्पनीले देशका विभिन्न भागमा ७५ वटा शाखा संजाल बिस्तार गरेको छ भने ७ वटा आकर्षक जीबन बीमा योजना जारी गरेको छ । १८१ करोड लगानी गरेको कम्पनीको कुल बीमाङ्क चार अर्ब रुपैयाँ पुगेको छ भने ३७ करोड वीमा शुल्क आर्जन गरेको छ । संचालनको पहिलो वर्षमा नै कम्पनीले उल्लेख्य मुनाफा आर्जन गरेको छ ।
यसै अवसरमा कम्पनीले कुनै पनि संगठनमा कार्यरत कर्मचारीहरुको लागि सम्पुर्ण बीमा सुविधा सहित सामूहिक म्यादी जीबन बीमा योजना समेत जारी गरेको छ । उक्त बीमा योजना अन्तर्गत कर्मचारीहरुको बीमा गराई श्रम ऐन २०७४ मा उल्लेख भएको व्यवस्थाको पुर्ण परिपालना गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।