Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ज्योतिले हाम्रो विकास बैंकलाई बराबरी हैसियतमा किन्ने

२०७५ आश्विन ८ गते

बैंकिङ खबर । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई बराबरी हैसियतमा प्राप्ति गर्ने भएको छ । बैंकले सम्पूर्ण सम्पति तथा दायित्व (डिडिए) प्रतिवेदन अनुसारको स्वाप रेसियो एक बराबर एकलाई आगामी साधारणसभाबाट पारित गर्ने भएको छ । बैंकले असोज २९ गते ११औं वार्षिक साधारणसभा डाकेको छ ।

ज्योति विकास बैंकको हालको चुक्ता पुँजी दुई अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ भने हाम्रो विकास बैंकको चुक्ता पुँजी ४९ कराड २२ लाख रुपैयाँ रहेको छ । हाम्रो विकास बैंकलाई प्राप्ति गरेसँगै ज्योति विकास बैंकको चुक्ता पूँजी तीन अर्ब आठ करोड रुपैयाँ पुग्नेछ । यससँगै विकास बैंकहरुमध्ये सबैभन्दा धेरै पूँजी भएको बैंक ज्योति बन्नेछ ।

हाम्रो विकास बैंकको प्राप्ती पछि ज्योति विकास बैंकको कुल निक्षेप रकम करिब रु २०.५० अर्ब, कर्जा रकम करिब रु १७.५० अर्ब नाघ्ने छ भने शाखा संजाल ६७ पुग्नेछ । 

ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंँग मर्जर र राप्तिभेरि विकास बैंकसँग प्राप्ती प्रक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ ।    

Ad