September 23rd, 2018

‘सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगिसकेको छ’ : गभर्नर डा. नेपाल

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगिसकेको बताएका छन् । आइतबार दोस्रो थोक मूल्य सूचक अध्ययन प्रतिवेदन तथा लघुवित्त सेवा सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै डा.नेपालले ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगिसकेको बताएका हुन् ।

संघीय संरचनापछि निर्माण भएका मुलुकका स्थानीय तहमा बैंकिङ पहुँच नपुगेको वा राष्ट्र बैंकको नीतिबमोजिम पहुँच विस्तार नभएको भनिए तापनि त्यो गलत रहेको गभर्नर डा. नेपालको दाबी छ । उनले उनले औसतमा एक स्थानीय तह बराबर तीन बैंक तथा वित्तीय संस्थाको उपस्थिति रहेको समेत उल्लेख गरे ।

“हाम्रो योजना भनेको सबै स्थानीय तहमा वाणिज्य बैंक र्पुयाउने हो,” उनले भने, “९७ स्थानीय तहमा अझै वाणिज्य बैंक पुगेका छैनन् ।’ ती स्थानीय तहमा वाणिज्य बैंक नपुगेको भए तापनि अन्य बैंक तथा वित्तीय संस्थाहरुको उपस्थीती भने राम्रो रहेको उनले बताए । 

गभर्नर नेपालले सबै स्थानीय तहमा वाणिज्य बैंकको समेत उपस्थिति पुर्याउने सरकारी योजना भएको भन्दै उक्त योजना छिटै पुरा हुने बताए । वाणिज्य बैंक नपुगेकै आधारमा बैंकिङ पहुँच पुगेन भन्न नमिल्ने उनको धारणा थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]