September 19th, 2018

नेपालमा दीगो उर्जा प्रणाली विकासका लागि विश्व बैंकले दियो झन्डै ११ अर्ब ऋण

बैंकिङ खबर । विश्व बैंकले नेपालमा दीगो ऊर्जा प्रणाली विकास गर्न ऋण स्वीकृत गरेको छ । नेपालको ऊर्जा क्षेत्रको वित्तीय तथा सञ्चालन प्रणाल सुधार गर्न विश्व बैंकले १० करोड अमेरिकी डलर (करिब ११ अर्ब रुपैयाँ) ऋण दिएको हो ।

नेपाल इनर्जी सेक्ट डेभपलमेन्ट पोलिसी क्रेडिटअन्तर्गत प्राप्त हुने ऋण ऊर्जा क्षेत्रको नीतिगत, संस्थागत तथा नियामकीय क्षमता सुधारमा प्रयोग हुनेछ । नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधार, नियामकीय दायरा विस्तार गर्न, स्वायत्त निकायका रुपमा अघि बढाउन सहयोग गर्ने विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । 

विश्व बैंकले अहिले नेपालका २२ आयोजनामा लगानी गरिरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]