बैंकिङ खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ ।
साना किसानले परियोजना संयोजक एक जना केन्द्रीय कार्यालय र कर्णाली प्रदेशका लागि मागेको छ । त्यस्तै, १० जना अनुसरण सहजकर्ता कर्णाली प्रदेशअन्तर्गतका जिल्लाहरुका लागि मागेको छ । लघुवित्तले एक वर्षका लागि कर्मचारी मागेको हो । कार्यसम्पादन हेरेर समयावधि थप पनि गर्न सकिने बताइएको छ । आवेदन दिने म्याद असोज १२ गतेसम्म रहेको छ ।
त्यस्तै, लक्ष्मी लघुवित्तले विजनेस डेभलपमेन्ट अफिसर एक जना, व्यवस्थापन प्रशिक्षार्थी चार जना, वरिष्ठ सहायक (शाखा प्रबन्धक) पाँच जना र केही संख्यामा कनिष्ठ सहायक मागेको छ । आवेदन दिने म्याद असोज १८ गतेसम्म रहेको छ ।
