Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

माछापुच्छ्रे बैंकमा माछापुच्छ्रे महोत्सव : भिन्न बैंकिङ अनुभूतिका साथमा सरप्राइज गिफ्टहरु

२०७५ आश्विन १ गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ्ग कारोबार शुरु गरेकोे १८वर्ष पुरा गरी १९औँ बर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा आश्विन महिना भरी आफ्नो सम्पूर्ण शाखाहरुमा माछापुच्छ्रे महोत्सव सञ्चालन गरिरहेको छ । १८औं वार्षिकोत्सवको उपलक्ष्यमा माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ्ग अनुभुती गराउने बताएको छ । 

यस महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड/इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा ५०%छुट, माछापुच्छ्रे क्रेडिट कार्डमा ५०%छुट र रिटेल कर्जा सेवाशुल्कमा ०.१८%छुट लगायत बिभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गर्ने बैंकले बताएको छ । 

बैंकले उक्त महोत्सव आश्विन महिना भरी जारी रहने बताएको छ । बैंकले सर्वसाधारणहरुलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन आह्वान गरेको छ ।

पोखराबाट २०५७ सालमा बैंकिङ्ग कारोबार शुरु गरेको यस बैंकले हाल८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर, २८ वटा शाखारहित सेवालगायत ९९ वटा ए.टि.एम.बाट देशभरीका ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Ad