यो सुविधा आगामी आश्विन, कात्तिक एवं मङ्सिर महिनासम्म लागू हुनेछ । योे समयमा ग्राहकहरुले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट यस बैंक मार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने छ । यस बैंकले २०७५ आश्विन १ देखि २०७५ मङ्सिर २९ सम्म बैंकले एनआई सी रेमिट मार्फत रकम पठाउने आफ्ना समस्त ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।
मुलुकभर २४६ शाखा कार्यालयहरु, २४० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या १२ लाखको हाराहारीमा रहेका छन् ।