Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकको ऋणपत्रमा मागभन्दा ४२ प्रतिशत बढी आवेदन

२०७५ भाद्र २८ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले भदौ २१ गते विक्री खुला गरेको “११% एनआई सी एशिया ऋणपत्र २०८२/८३” मा पूर्ण रुपमा आवेदन परेको छ । व्यक्तिगत तथा संस्थागत लगानिकर्ताहरुबाट उत्साहजनक सहभागिता भई कुल एक अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्रका लागि नै आवेदन परेको बैंकले जानकारी दिएको छ ।  

प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मुल्यका १८,३०,००० कित्ताले हुन आउने रु.१,८३,००,००,००० मध्ये रु १ अर्ब ४६ करोड ४० लाख बराबरको ऋणपत्र विभिन्न व्यक्ति वा संघ संस्थालाई व्यक्तिगत तवरबाट विक्री खुला गरिएकोमा मिति भदौ २७ सम्ममा करीब रु. २ अर्ब १६ करोडको आवेदन प्राप्त भएको छ । जुन माग गरिएको भन्दा ४८ प्रतिशतले बढी  हो । रु ३६ करोड ६० लाख बराबरको ऋणपत्र सर्वसाधारणका लागि विक्रीखुला गरिएकोमा भदौ २७ सम्ममाकरीब रु. ४४ करोड आवेदन प्राप्त भएको छ । जुन, माग गरिएको भन्दा २० प्रतिशतले बढी हो ।  दुवै तर्फ गरी कुल करीब रु. २ अर्ब ६० करोडको आवेदन परेको छ । जुन माग गरिएको भन्दा ४२ प्रतिशतले बढी हो ।  

पूर्ण ७ वर्षको अवधिमा परिपक्व हुने यस ऋणपत्रको व्याज दर ११% रहेको छ । केयर रेटिङ नेपालले यस ऋणपत्रलाई न्यूनकर्जा जोखिम जनाउने “CARE – NP A” को ग्रेडिङ्ग दिएको छ । बैंकलाई इक्रा नेपालले [ICRANP – IR] A “(A माइनस) (ICRANP Issuer Rating A Minus), केयर रेटिङ्स नेपाल लिमिटेडले “ऋब्च्भ्(ल्एब्९क्ष्क०”ग्रेडिङ्ग प्रदान गरेको छ । 

जारी गरिएको ऋणपत्र द्वितिय बजारमा खरीदविक्रीको लागि सूचिकृत गरिनेछ । नेपालको पूँजी बजारमा हाल बैकिङ्ग क्षेत्र, बीमा क्षेत्र, जलविद्युत क्षेत्र तथा केही उत्पादनशील क्षेत्रका सेयरको कारोबारकोे उपस्थिति उल्लेखनीय रहेको भएतापनि ऋणपत्रको कारोबार भने लगभग नगण्य रहेको र ऋणपत्रको कारोबारलाई विकसित मुलुकहरुमा रहेको चलायमान ऋणपत्र बजार अनुरुप थप विकसित र प्रभावकारी गर्न बैंकद्वारा जारी गरिएको उक्त ऋणपत्रले थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

बैंकले आगामीदिनहरुमा अझ थप आकर्षक प्रतिफल रहने गरी विभिन्न भुक्तानी अवधिका ऋणपत्रहरु सम्पूर्ण लगानीकर्ताहरु माझ लिएर आउने प्रतिवद्वता समेत व्यक्त गरेको छ ।

बैंकले देशभरिका २४४ शाखा सञ्जाल, २३८ एटिएम, १८ शाखा रहित बैंकिङ्ग तथा १४ एक्सटेन्सन काउन्टर मार्फत करीब १२ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ । क

Ad