Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रुडेन्सियल इन्स्योरेन्सका शेयरधनीले १० प्रतिशत बोनस शेयर पाउने, साथै नगद लाभांश पनि

२०७३ जेष्ठ ११ गते

prudentialप्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै,  कर प्रयोजनका लागि २ लाख ७८ हजार ७ सय २२ नगद लाभांश समेत दिने भएको छ । कम्पनीको वैशाख २९ मा बसेको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट पारित भइसकेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने जनाइएको छ । 

कम्पनीको १४ औं वार्षिक साधारणसभाको बैठक आगामी असार २ होटल भिशुवा विरगञ्ज पर्सामा बस्दैछ । कम्पनीको सेयर कारोबार जेठ १८ गतेदेखि असार २ गतेसम्मको लागि बन्द हुने बताइएको छ ।