Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्स र नर्भिक हस्पिटलबिच सम्झौता, पैसा नहुँदा पनि ग्राहकले सुविधा पाउने

२०७५ भाद्र २६ गते

बैंकिङ खबर । प्रभु इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटलबिच नगदरहित सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमालेखको सिमासम्म नगदरहित सुविधा प्राप्त गर्न सक्नेछन् ।