Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मेगा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता 

२०७५ भाद्र २१ गते

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम सिइओ सुनिल बल्लभ पन्तले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट एनएलजी इन्स्योरेन्समा निर्जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । 

यो सम्झौताले घर, गाडी, व्यावसाय, दुर्घटना बिमा लगायतका निर्जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ ।