September 4th, 2018

होङसी शिवम् सिमेण्टमा पाँच बैंकको १६ अर्ब लगानी, एनएमबि बैंकको अगुवाई

बैंकिङ खबर । नेपाली बैंकिङ उद्योगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो कर्जा लगानीको आयोजना– होङसी शिवम् सिमेण्ट अब सफलतापूर्वक सम्पन्न हुने क्रममा पुगेको छ । नेपाली मुद्रा १६ अर्ब रुपैयाँको यस सामूहिक ऋण लगानी प्रोजेक्टमा एनएमबि बैंकको अगुवाईमा पाँच वटा बैंकले लगानी गरेका छन् । एनएमबि बैंकले छ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको प्रोजेक्टमा सह–प्रमुख बैंक नेपाल इन्भेष्टमेन्ट बैंकको चार अर्ब रुपैयाँ र अन्य सदस्य बैंकहरुमध्ये, प्रभु बैंकको तीन अर्ब रुपैयाँ, एभरेष्ट बैंकको एक अर्ब २५ करोड रुपैयाँ र नेपाल एसबिआई बैंकको एक अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । ७ वर्षको अवधि रहेको यस ऋणका लागि बैंक अफ चाइना र चाइना मिङसेङ बैंकले बैंक सुरक्षण जमानत दिएका छन् ।

होङसी शिवम् सिमेण्टमा होङसी होल्डिङ लि.अन्तर्गतको एक सहायक प्रतिष्ठान हङकङ रेड लायन सिमेण्ट नम्बर ३ को ७० प्रतिशत हिस्सा र शिवम् सिमेण्ट लि.को एक सहायक प्रतिष्ठान शिवम् होल्डिङ प्रा.लि.को ३० प्रतिशत हिस्सा रहेको छ । होङसी शिवम् सिमेण्टले धितो पत्र बोर्ड र नेपाल राष्ट्र् बैंकबाट रु९.८२ अर्ब रुपैयाँँको स्वीकृति लिएको छ ।

कारखाना पूर्ण क्षमतामा संचालन भए पश्चात् यसको प्रतिदिन क्लिन्कर र सिमेण्ट उत्पादन क्षमता ६००० टन (१२०,००० बोरासिमेण्ट प्रतिदिन) पुग्नेछ ।साथै कारखाना आफैले पनि कारखाना संचालनका लागि आवश्यक पर्ने ५० मेगावाट मध्ये १२ मेगावाट विद्युत फोहर वस्तुको तापबाट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

होङसी शिवम् सिमेण्टका निर्देशक लाइवीपेङले आयोजनाको आर्थिक पक्षको व्यवस्थापन गर्न पाएकोमा हर्षित भएको र यसले होङसी शिवम् सिमेण्टलाई नेपालकै सबैभन्दा ठूलो सिमेण्ट कारखाना बनाएको उल्लेख गरे ।

एनएमबि बैंकका सीईओ सुनिल केसीले एनएमबि बैंक देशको दिगो विकासमा योगदान पुर्याउने किसिमका आयोजना तथा क्षेत्रहरुमा सहयोग प्रदान गर्नमा विश्वास राख्ने बताए । यसप्रकारका आयोजनाहरुले देशमा पूर्वाधार निर्माणमा योगदान पुर्याउने भन्दै यसका लागि सँधै प्रात्ेसाहन गर्ने र रोजगार सृजना गर्नमा मद्दत गर्जे उनले बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]