Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गरिमा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

२०७५ भाद्र १८ गते

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

आईतबार आयोजित एक कार्यक्रमका बीच सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज कूमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।

सो सम्झौतापश्चात गरिमा विकास बैंकका ग्राहकहरुले बैंकका सम्पुर्ण ६० वटा शाखा कार्यालयबाट यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्तगर्न सक्नेछन् ।