बैंकिङ खबर । गण्डकी विकास बैंकले एकैदिन थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । थप भएका शाखाहरुमा सुनसरीको इटहरी, सिराहाको लाहान, र चितवनको भोजार्ड रहेका छन् ।
यससंगै बैंकको शाखा संख्या ७६ पुगेको छ । बैंकले छिटै नै काठमाडौंको कलंकीमा पनि शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी गराए ।
बंैकले आफ्ना सम्पूर्ण शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबिबिएस, एटिएम, इसीसी, आईपिएस, सिआस्वा, मोबाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा संचालन गरिएको छ ।
बैंकले आं.व. २०७४÷७५ मा संचालन मुनाफा रु. ७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ५२ करोड र कर्जा तर्फ रु.२० अर्ब ०६ करोड पुर्याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।