बैंकिङ खबर । राष्ट्रियस्तरको ज्योति विकास बैंकले नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंक प्राप्ति गर्न । नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती प्राप्त गरेको छ । ज्योति विकास बैंकले असार ३१ गते हाम्रो विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको थियो । दुबै बैंकबीच स्वाप रेसियो सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) को आधारमा निर्धारण गर्ने सहमति भएको छ ।
हाम्रो विकास बैंकको चुक्त्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ भने ज्योति विकास बैंकको चुक्ता पुँजी दुई अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ । हाम्रो विकास बैंकलाई एक्वायर पश्चात ज्योतिको चुक्ता पूँजी तीन अर्बभन्दा बढी हुनेछ ।