Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मुक्तिनाथ विकास बैंकको ‘बरदान मुद्दति योजना’, ११.५ प्रतिशत व्याज पाइने

२०७५ भाद्र १४ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले “मुक्तिनाथ बरदान मुद्दति” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एक वर्ष अवधिमा न्युनतम पाँच लाख रुपैयाँदेखि निक्षेप राख्न सक्नेछन् । बैंकले यस योजनाअन्तर्गत राख्ने निक्षेपमा बार्षिक११.५० प्रतिशत व्याजदर प्रदान गर्ने छ । यो योजना बैंकको देशैभरी फैलिएका आफ्ना ९५ वटै शाखाबाट उपलब्ध हुने छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, भिसा डेबिट कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Ad