बैंकिङ खबर । एनआईसी एशिया बैंकले कास्कीको न्युरोड र नौडाँडामा दुई नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिका वडा नं.८ स्थित न्यूरोड शाखाको उद्घाटन बैंकका संचालक राजेन्द्र प्रसाद अर्याललृ गरे । त्यस्तै, अन्नपूर्ण गाउँपालिका वडा नं. १ स्थित नौडाँडा शाखाको उद्घाटन बैंकका अर्का संचालक बिनोद कुमार प्याकुरेलले गरे ।
दुई नयाँ शाखासँगै बैंकको शाखा संख्या २४१ र एटिएम २३५ पुगेको छ । यसबाहेक, बैंकले १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिइरहेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार पुगेको छ ।