Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बिम्सटेक सम्मेलनमा विदा नहुने, जोर विजोर गाडी चल्ने

२०७५ भाद्र १२ गते

बैंकिङ खबर । बिम्सटेक सम्मेलनमा सार्वजनिक विदा नहुने भएको छ । यही भदौ १४ र १५ गते काठमाडौँमा हुन लागेको चौथो बिम्सटेक सम्मेलनमा सरकारले सार्वजनिक विदा नदिने घोषणा गरेको हो । गृह मन्त्रालयले सार्वजनिक विदा दिनुको सट्टा जोरविजोर सेवा संचालन गर्ने निर्णय गरेको हो । जसअनुसार, १३ र १५ गते विजोर र १४ गते जोर नम्बरका सवारी साधारण मात्रै संचालन गर्न पाइनेछ । बिमस्टेक शिखर सम्मेलनका क्रममा काठमाडौं उपत्यकाको सडकमा हुने सवारी आवागमन सहज र सरल बनाउन जोर–विजोर सेवा लागू गरिएको  हो । उपत्यकामा सञ्चालित शिक्षण संस्थाहरु (विद्यालय तथा उच्च मावि) भने दुई दिन बन्द गर्ने निर्णय गरिएको छ । 

Ad