बैंकिङ खबर । प्रभु इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी अस्पताल बीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल मेडिसिटी अस्पतालको तर्फबाट महाप्रबन्धक विजय रिमाल र प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापश्चात दुई संस्था बीमा र स्वास्थ्य उपचारका माध्ययमबाट जोडिने भएका छन् ।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले प्रभु इन्स्योरेन्सको माध्यमबाट क्यासलेस स्वास्थ्य जाँचगराउन पाएकोमा खुशी व्यक्त गरे । प्रभु इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले अस्पतालको सेवाबाट प्रभावित भएको बताए ।


