May 23rd, 2016

राजधानीभित्र घर बनाउँदै हुनुहुन्छ ? अब तपाईँले बिमा नगरी सुख्खै छैन

Home-Insuranceअब काठमाडौँ उपत्यकाका घरधनीले अनिवार्य रुपमा घरको विमा गराउनुपर्ने भएको छ । सरकारले काठमाडौं उपत्यकाका घरधनीले आफ्नो घरको बिमा अनिवार्य गराउने पर्ने व्यवस्था ल्याउन लागेको छ । सहरी क्षेत्रमै न्यूनले मात्र घर बिमा गरेकाले नियामक निकाय बिमा समितिले यसलाई अनिवार्य गर्न लागेको हो । यसका लागि समितिले नीतिगत तयारी गर्दैछ । भूकम्पलगायतका प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई कम गराउन समितिले घरको बिमालाई पनि अनिवार्य बनाउन लागेको जनाएको छ । 

उपत्यकाभित्र घर निर्माण गर्दा सम्बन्धित महानगरपालिका वा नगरपालीकाबाट स्वीकृति लिनुपर्छ । तोकिएको मापदण्डअनुसार निर्माण गरिसकेपछि स्वीकृति दिने कार्यालयले निर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदान गर्छ । समितिले घरको बिमा गरेको प्रमाण पेस गरेपछि मात्रै निर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गर्न खोजेको छ । त्यस्तै, नीति जारी गर्नुअघि निर्माण भइसकेका घरको हकमा भने कर बुझाउँदा बिमा अनिवार्य गर्ने समितिको योजना छ । घरधनीलाई बिमाप्रति आकर्षित गर्न बिमा शुल्कमा छुटको समेत व्यवस्था गरिने समितिले जनाएको छ ।