Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सको एक लाख ३७ हजार कित्ता हकप्रद लिलामीमा आउँदै

२०७५ भाद्र १० गते

बैंकिङ खबर । प्रभु इन्स्योरेन्स कम्पनीले एक लाख ३७ हजार १६ कित्ता हकप्रद सेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म निष्काशन खुला गर्दा नबिकेको १५ हजार आठ सय ६१ कित्ता संस्थापक समूहको तथा एक लाख २१ हजार एक सय ५४ कित्ता साधारण तर्फको सेयर भदौ १७ देखि लिलामीमार्फत विक्री गर्न लागेको हो । 

लिलामी २४ गतेसम्म खुला रहनेछ । लिलामी सेयरमा प्रभु क्यापिटल र प्रभु बैंकका शाखाहरु मार्फत बोलपत्र लिन र पेश गर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । न्यूनतम एक सय रुपैयाँ तोकिएको सेयरमा दश कित्ताले भाग जानेगरी कम्तिमा सय कित्ताका लागि आवेदन गर्न पाइनेछ ।

कम्पनीले हकप्रद शेयर सकारेसँगै चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्नेछ । कम्पनीमा संस्थापक सेयरधनीहरुको हिस्सा ३६ प्रतिशत, कर्मचारी संचयकोषको १५ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत छ ।