Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेशी मुद्रा भित्राएपछि मात्र रेमिट्यान्स भुक्तानी दिन राष्ट्र बैंकको निर्देशन

२०७५ भाद्र ५ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने बैंक तथा वित्तीय संस्थालाई विदेशी मुद्रा भित्राएपछि मात्र रेमिट्यान्स भुक्तानी दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले एकिकृत परिपत्र २०७४को परिपत्र २५/२०७४ मा बुँदा ८ थप गरी विप्रेषण कारोबार गर्ने बैंक, वित्तीय संस्था तथा विप्रेषण कम्पनीहरुले बेनिफिसियरीलाई भुक्तानी दिनुपर्ने रकम अग्रिम रुपमा प्राप्त गर्नुपर्ने वा सोबराबरको बैंक ग्यारेण्टी लिनुपर्ने व्यवस्था गरेको  हो ।

उक्त एकिकृत परिपत्र संशोधन भएपश्चात बैंक तथा वित्तीय संस्थाहरुले अग्रिम रुपमा विदेशी मुद्रा भित्राएपछि मात्र प्राप्तकर्ताहरुलाई भुक्तानी दिन पाउने भएका छन् । राष्ट्र बैंकको यस व्यवस्थाले विदेशबाट रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुले पहिले पैसा भुक्तानीको लागि अग्रिम रुपमा पैसा भित्राएपछि मात्र रेमिट्यान्स भुक्तानी दिन सक्नेछन् । अग्रिम भुक्तानी दिन नसक्ने अवस्थामा विदेशी बैंकहरुको बैंक ग्यारेन्टी लिएको हुनुपर्ने छ । यसरी भुक्तानी गर्दा बैंक ग्यारेन्टीको सिमाभित्र रहेर मात्र भुक्तानी दिन सकिने छ । 

Ad