Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

२५ वाणिज्य बैंकमा छन् ‘सूचना अधिकृत’, कुनकुनमा छैनन् ?

२०७५ भाद्र ३ गते

बैंकिङ खबर । वणिज्य बैंकहरु हाल २८ वटा रहेका छन् । हरेक बैंकमा एक जना व्यक्ति बैंकका बारेमा सुचना तथा जानकारी दिने अनिवार्य रुपमा राख्नुपर्ने नियम भएता पनि यस्ता कार्यमा कतिपय बैंकले ध्यान दिएका छैैनन् । अहिलेको समयमा मानिसहरुलाई बैंक एकदमै आवश्यकताको कुरा बनेको छ । समयले जति फड्को मारिरहे पनि अझैसम्म कतिपय वाणिज्य बैंकहरुले बैंकमा सुचना अधिकृत समेत नराखेको अवस्था रहेको छ । बैंकका बारेमा जानकारी लिन खोज्ने मानिस तथा सञ्चारकर्मीहरु लगायत हरेक क्षेत्रका मानिसहरु अन्यौलमा परेका छन् । 

सुचना अधिकृत भएका बैंकहरु निम्न रहेका छन् :
नेपाल बैंक 
कृषि विकास बैंक 
राष्ट्रिय वाणिज्य बैंक
सिभिल बैंक
सेन्चुरी कमर्सियल बैंक 
प्राइम कमर्सियल बैंक
नेपाल बङ्गलादेश बैंक 
सिटिजन्स बैंक
सिद्धार्थ बैंक
एनएमबी बैंक
ग्लोबल आईएमई बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक
सन्राइज बैंक
सानिमा बैंक 
कुमारी बैंक
नेपाल क्रेडिट एण्ड कमर्श बैंक
मेघा बैंक
एभरेष्ट बैंक
हिमालयन बैंक
प्रभु बैंक
एनआईसी एसिया 
नविल बैंक
लक्ष्मी बैंक
माछापुच्छ्रे बैंक
स्टान्र्डर चार्टर बैंक

सुचना अधिकृत नभएका बैंकहरु निम्न छन् :
बैंक अफ काठमाण्डू 
जनता बैंक 
नेपाल एसबिआई बैंक

Ad