Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जुम्लाका सर्वसाधारणहरुमा बचत गर्ने बानीको विकास गराउँदै लघुवित्त 

२०७५ भाद्र २ गते

बैंकिङ खबर । अतिविकट जिल्लाहरु अन्तर्गत पर्ने जुम्ला बैंकिङ पहुँचका हिसाबले कमजोर रहेको छ । यहाँ बैंकका शाखा कम मात्राका पुगेका छन् । जिल्लाभरिमा माइक्रोइनान्सका शाखा समेत कमै मात्र रहेका छन् । जुम्ला जिल्लाभरिमा ७ माइक्रोइनान्सका ७ शाखाले सेवा दिईरहेका छन् । जसमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, ग्रामीण लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका १।१ शाखाले सेवा प्रवाह गरिरहेका छन् । यसै जिल्लामा केन्द्रीय कार्यालय भएका माइक्रोइनान्स भने कुनै पनि छैनन् । 

लघुवित्तका ७ शाखाबाट यहाँ सर्वसाधारणहरुले लघुवित्तीय सेवा राम्रै पाईंरहेका छन् । जुम्ला जिल्लामा एउटा माइक्रोइनान्सको एउटा शाखाले मात्र १३ सयसम्म उद्यमी बनाउनुका साथै छ सयसम्मलाई कर्जा प्रवाह गरिरहेका छन् । यहाँका विशेषगरी महिलाहरुको जीवनस्तर उकास्नुमा लघुवित्तको भुमिका महत्वपूर्ण देखिएको छ । पछिल्लो समयमा माइक्र्रोफाइनान्सप्रति मानिसहरु चासो पनि बढिरहेको अवस्था छ ।

जुम्लाका सर्वसाधारणहरुले लघुवित्त वित्तीय संस्थाबाट विभिन्न व्यवसाय गर्नका लागि कर्जा लाने गरेका छन् । विशेषगरी, किराना पसल, होटल व्यवसाय, कृषि, बाख्रा पालन, पशुपन्छी र तरकारी लगायतका लागि सर्वसाधारणले कर्जा लैजाने गरेको जिल्लाकै चन्दननाथ नगरपालिका वडा.नं. ५ मा पर्ने  स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा कार्यरत तोरन बहादुर बस्नेतले जानकारी दिए । 

यस जिल्लामा माइक्रोफाइनान्सप्रति स्थानिय निकायको कुनै सपोर्ट र प्रोत्साहन नभएका कारणले सहकारीसँग प्रतिस्पर्धा गर्न गाह्रो रहेको वस्नेतको अनुभव छ । सम्पूर्ण माइक्रोफाइनान्सहरु आफ्नै तरिकाले सर्वसाधारणहरुलाई सेवा तथा भुमिका निभाईरहेको उनले बताए । उनले भने, ‘स्थानीय निकायको सपोर्ट नभएका कारण लघुवित्त संस्थाहरु आफ्नै सहजताले चलेका छन् ।’
 
यस जिल्लामा केही समय अगाडी मात्र गरिब तथा विपन्न वर्गहरुलाई वित्तीय कारोबारहरुको बारेमा केही थाहा नभएका कारणले वित्तीय पहुँच बाहिर रहेका थिए । विस्तारै माइक्र्रोफाइनान्सहरुले जिल्लामा शाखाहरु विस्तार गरेपछि यस ठाउँका सर्वसाधारणहरु वित्तीय पहुँचको दायरामा आउन थालेका छन् भने उद्यमशीलताको पनि विकास भइरहेको छ । त्यस्तै जिल्लामा बचत गर्ने बानीको समेत विकास भएको बस्नेतले बताए । ‘उद्यमशीलताको विकास नहुँदा सर्वसाधारणहरुले एक दिनमा एक, दुई सय मात्र बचत गर्ने गरेका थिए,’ उदे भने, ‘उद्यमशीलताको विकास भएपछि तिनै सर्वसाधारणहरुले एकदिनमा हजार, बाह्र सयसम्म बचत गर्ने थालेका छन् ।’ 

जिल्लामा माइक्रोफाइनान्सले प्रवाह गरेको कर्जाको सदुपयोगबाट उद्यमशीलता बढेको मात्रै छैन, दुरुपयोग पनि भएको पाइएको छ । सर्वसाधारणले व्यवसाय गर्ने नाममा कर्जा लाने र व्यवसाय नगरि अरु कार्यमा खर्च गर्ने गरेका छन् । जिल्लामा ७ माइक्र्रोफाइनान्सका शाखा भएका कारणले एउटै मानिस धेरै संस्थाका सदस्य बन्ने समस्या आएको समेत बस्नेतले बताए । 

Ad