Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तबाट दार्चुलामा उद्यमशीलता बढ्दै

२०७५ भाद्र १ गते

बैंकिङ खबर । अति विकट जिल्लाहरुमध्येको दार्चुला जिल्ला वित्तीय पहुँचका हिसाबले पछाडी रहेको छ । दार्चुला जिल्लामा बैंकका शाखा कम मात्रामा पुगेका छन् । जिल्लामा हालसम्म ५ लघुवित्तका ६ शाखाले सेवा प्रवाह गरिरहेका छन् । निर्धन उत्थान बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाको १/१ तथा किसान लघुवित्त वित्तीय संस्थाका २ वटा शाखाले जिल्लामा लघुवित्तीय सेवा प्रदान गरिरहेका छन् । कुल छ शाखामध्ये दुई वटा शाखा एउटै नगरपालिकामा रहेको छ । स्वदेशी लघुवित्त वित्तीय संस्थाका शाखा प्रबन्धक जयन्त भण्डारीका अनुसार पुरचौडी नगरपालिकामा स्वदेशी लघुवित्त र किसान माइक्रोफाइनान्सले सेवा दिइरहेका छन् । यही जिल्लामा केन्द्रीय कार्यालय भएका कुनै पनि लघुवित्त छैनन् । 

लघुवित्तका ६ शाखाबाट यहाँका सर्वसाधारणले राम्रै सेवा पाईंरहका छन् । जिल्लामा लघुवित्तको एउटै शाखाले सयौँलाई उद्यमी बनाउनुका साथै दर्जनौँलाई कर्जा उपलब्ध गराईरहेको छ । कर्जा र उद्यमशीलताको विकास भने विस्तारै बढ्दो क्रममा रहेको छ । 

दार्चुलाका सर्वसाधारणहरुले लघुवित्त वित्तीय संस्थाबाट विभिन्न व्यवसाय गर्नका लागि कर्जा लाने गरेका छन् । विशेषगरी, किराना पसल, बाख्रा पालन, भैंसिपालन, कस्मेटिक पसल, गाईपालन, मोबाइल ग्यालरी लगायतका लागि सर्वसाधारणले कर्जा लैजाने गरेको भण्डारीले जानकारी दिए । गरिब तथा विपन्न वर्गहरुले कर्जा लागि विभिन्न व्यवसाय गरि उद्यशीलताको विकास विस्तारै भईरहको छ । जिल्लामा मानिसहरुले विस्तारै वित्तीय कारोबार र उद्यमशीलताबारे सबै कुरा बुझिरहेको स्वदेशी लघुवित्तका पुरचौडी शाखा प्रबन्धक भण्डारीले बताए ।

लघुवित्त र सहकारी अलगै पाटा भएका कारणले जिल्लामा लघुवित्तले सहकारीहरुसँग प्रतिस्पर्धा गर्न असहज नरहेको उनले बताए । तुलनात्मक रुपमा लघुवित्तबाट कर्जा लिन झन्झट नहुने र व्यवस्थापन पनि राम्रो हुने उनले बताए ।

स्थानीय निकायको राम्रो सपोर्ट नभएका कारण दार्चुला जिल्लाका लघुवित्तहरु आफ्नै तरिकाले अगाडी बढिरहेका छन् । जिल्लाभरीमा जम्मा ६ वटा शाखा भएका कारणले दार्चुलामा कर्जाको दुरुपयोग नभएको र एउटै मानिस धेरै संस्थाका सदस्य बन्ने समस्या नआएको समेत भण्डारीले जानकारी दिए ।

Ad