Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एक वर्षभित्र सबै प्रदेशमा शाखा विस्तार गर्दै ‘श्री इन्भेष्टमेन्ट फाइनान्स’

२०७५ श्रावण ३१ गते

बैंकिङ खबर । श्री इन्भष्टमेन्ट एण्ड फाइनान्स राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हो ।प mाइनान्सले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार, न्युनतम चुक्तापुँजी पुर्याइसकेको छ । अहिले श्री इन्भष्टमेन्ट एण्ड फाइनान्सकोे चुक्तापुँजी ८० करोड एक लाख ५० हजार रुपैयाँ रहेको छ । 

निक्षेपमा व्याजदर  
असार मसान्तसम्म श्री इन्भष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले कुल ३ अर्ब ७२ करोड निक्षेप संकलन गरेको छ । फ।इनान्सले मुद्दति निक्षेपमा ९.५ देखि १२ प्रतिशत र बचतमा ६.५ देखि ८.५ प्रतिशतसम्म व्याज दिएको प्रमुख कार्यकारी अधिकृत लिलामणी न्यौपाने बताए । ‘हामीले पनि अरु फाइनान्स कम्पनीको जसरी नै व्याजदर निर्धारण गर्ने हो,’ उनले भने, ‘त्यसैले अन्य कम्पनीको र श्री इन्भष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको व्यादरमा अन्तर छैन ।’

कर्जा व्याजदर
अहिले बेस रेट लगभग १२.०४ प्रतिशतको हाराहारीमा रहेको छ । त्यसैले, लेण्डिङ रेट पनि सोही हाराहारीमा रहेको छ । तर, राम्रो प्रोजेक्ट आएको अवस्थामा १३ प्रतिशतमै पनी कर्जा लगानी गर्न सकिने न्यौपानेले बताए । ‘१३ प्रतिशत देखि १६ प्रतिशतसम्मका विभिन्न प्रकारका कर्जाहरु छन्,’ उनले भने, तर राम्रो खालको प्रोजेक्ट आएको खण्डमा ११ प्रतिशतमै पनी लगानी गर्न सकीने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए

रियलस्टेट क्षेत्रमा लगानी 
उत्पादन क्षेत्रमा यो फलाइनान्सको नियानमक नेपाल राष्ट्र बैंककले तोकेका १० प्रतिशल भन्दा बढी १७.७ प्रतिशत रहेका छ भने विपन्न बर्गमा ४ प्रतिशत लगानी गर्नेपनेमा असार मसान्त सम्ममा ५.१५ प्रपतशत लगाी गरेको छ । त्यस्तै फाइनान्सको रीयल स्टेट क्षेमा गरेबो लगान्ी पनि २५ प्रतिशत भन्दा तलै रहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

चालू आर्थिक वर्षमा ३० शाखा थपिँदै
हाल श्री इन्भेष्टमेन्ट एण्डल फाइनान्सबको शाखा १० वटा सञ्चालनमा रहेका छन् । केहि समय भित्रमा नै काठमाडौंको चावहिल, कलंकी र बुढानीलकण्ठ गरेर ३ वटा शाखा थपिँदै छन् । चालू आर्थिक वर्षमा नै ७वटै प्रदेशमा शाखा पुर्याउने उद्देश्यले प्रदेश २ को जनकपुर र प्रदेश ७ को धनगढीमा २ वटा गरी थप ५ शाखा विस्तार गर्ने फाइनान्सको योजना छ । त्यसपछि पनि शाखा विस्तारलाई निरन्तरता दिँदै जाने फाइनान्सको याजना छ । फाइनान्समा हाल करिब पाँच सय ३० जना कर्मचारी कार्यरत छन् । 

Ad