बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकबाहेक क वर्गका सबै बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । २७मध्ये २३ वटा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा बढेको विवरण सार्वजनिक गरेका छन् । २५ वटा बैंकको नाफा अर्बभन्दा बढी रहेको छ । नाफा रकमको आधारमा अग्रस्थानमा नविल बैंक रहेको छ भने सिभिल बैंकको नाफा सबैभन्दा कम रहेको छ ।
कुनको मुनाफा कति ?
नविल बैंक लिमिटेडले चार अर्ब पाँच करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
नाफाका आधारमा दोस्रो स्थानमा रहेको कृषि विकास बैंकले तीन अर्ब ६७ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले १४.९२ प्रतिशत वृद्धि गरी तीन अर्ब ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
नेपाल बैंकले तीन अर्ब ३९ करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ ।
एभरेष्ट बैंकले दुई अर्ब ७८ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
हिमालयन बैंकले दुई अर्ब ४७ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
ग्लोबल आईएमई बैंकले दुई अर्ब १५ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब सात करोड ३३ लाख रुपैयाँ नाफा गरेको छ ।
नेपाल एसबिआई बैंकले एक अर्ब ९४ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ ।
प्राइम कमर्सियल बैंकले एक अर्ब ८९ करोड २० लाख रुपैयाँ नाफा गरेको छ ।
सिद्धार्थ बैंकको नाफा एक अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
एनएमबि बैंकले एक अर्ब ८१ करोड २९ लाख रुपैयाँ नाफा गरेको छ ।
सानिमा बैंकको नाफा एक अर्ब ६९ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
बैंक अफ काठमाण्डूको नाफा एक अर्ब ५४ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
एनआईसी एशिया बैंकले एक अर्ब ४९ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ ।
सिटिजन्स बैंकले एक अर्ब ४० करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
सनराइज बैंकको नाफा एक अर्ब ३१ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
माछापूच्छ्रे बैंकको नाफा एक अर्ब २१ करोड छ लाख रुपैयाँ कायम भएको छ ।
लक्ष्मी बैंकको नाफा एक अर्ब १६ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
प्रभु बैंकको नाफा एक अर्ब १२ करोड ९६ लाख रुपैयाँ कायम भएको छ ।
नेपाल बंगलाबदेश बैंकको नाफा एक अर्ब १० करोड ७९ लाख रुपैयाँ कायम भएको छ ।
एनसीसी बैंकले एक अर्ब सात करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
मेगा बैंकले एक अर्ब चार करोड ७१ लाख रुपैयाँ मुनाफाका साथमा अर्वपति क्लबमा प्रवेश गरेको छ ।
कुमारी बैंक पनि एक अर्ब १४ लाख रुपैयाँ मुनाफा आर्जन गरी पहिलोपटक अर्वपति क्लबमा प्रवेश गरेको छ ।
जनता बैंकले ९३ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
सेञ्चुरी बैंकको नाफा ८७ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
सिभिल बैंकले गत आर्थिक वर्षमा ६४ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।