Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चौतारी लघुवित्तले एकैसाथ विस्तार गर्यो १४ नयाँ शाखा

२०७५ श्रावण ३० गते

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्थाले एकै पटक १४ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । वुटवलको वुद्धपथमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले दाङको हेकुली र कमेरेचौरपूर्वी तथा रुकुमको रुकुमकोटमा शाखा विस्तार गरेको छ । त्यस्तै, जाजरकोटको खलंगा तथा स्याङ्जाको चापाकोट र मीर्मीमा पनि चौतारीको शाखा विस्तार भएको छ । सुर्खेतको देउती, जामुनेबजार, बांगेसिमल, मेहलकुना र बाबियाचौर तथा रुपन्देहीको मझगावा, कपिलवस्तुको पकडी, अर्घाखाँचीको ठाडामा पनि चौतारी लघुवित्तले  शाखा संचालनमा ल्याएको छ । यससँगै लघुवित्तको  शाखा संख्या ५४ पुगेको छ ।

१२ करोड ६० लाख रुपैयाँ चुक्तापुँजी रहेको लघुवित्तले रुपन्देही, नवलपरासी, पाल्पा, स्याङ्गजा, कपलिबस्तु, दाङ्ग, सल्यान, प्युठान, रोल्पा, पुर्वीरुकुम, पश्चिमरुकुम, जाजरकोट, सुर्खेत, अर्घाखाची, गुल्मी गरी १५ जिल्ला कार्यक्षेत्रमा सेवा दिइरहेको छ । बैंकिङ्ग पहँुच नपुगेका क्षेत्रहरुमा आफ्ना शाखा तथा कार्यक्रम संचालन गर्दै आएको यस वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको आवश्यकता र चाहनालाई ख्याल राखी कर्जा तथा बचत सेवामा विविधिकरण गर्दै सदस्यहरुको हित हुने खालका अन्य कार्यक्रमहरु विस्तार गर्ने रणनीति लिएको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले बताए ।

वित्तीय संस्थाले विभिन्न बीमा कम्पनीहरुको कर्पोरेट एजेन्ट भई सदस्यहरुको जीवन बीमा, बालीनाली तथा पशुपंक्षीहरुको बीमा, कर्जाको बीमा जस्ता कार्यक्रमहरु संचालन गरी ग्राहक सदस्यहरुको हितलाई तथा व्यापार ब्यवसायलाई सुरक्षा प्रदान गर्ने खालका कार्यक्रमहरु संचालन गर्दै आएको छ । वित्तीय संस्थाले विभिन्न रेमिट्यान्स कम्पनीहरुको सब एजेन्ट भई रेमिट्यान्सको पनि कार्य गर्दै आएको छ । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्न भावी दिनमा मोबाइल बैंकिङ्ग, एबिबिस, एसएमएस नोटिफिकेशन, चेकको प्रयोग जस्ता कार्यक्रमहरु गर्न खोजिएको प्रमुख कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए ।

निकट भविष्यमा सर्वसाधारणलाई ५,४०,००० कित्ता सेयर निष्काशन गर्ने तयारी गरिरहेको यस वित्तीय संस्थाले २०७५ असार मसान्तसम्म ४० वटा शाखामार्फत २६६०४ जना ग्राहक सदस्यलाई वित्तीय सेवाहरु प्रदान गरिरहेको छ भने ७८ करोड ५२ लाख उठाउन बाँकी कर्जा र तीनीहरुबाट २२ करोड बचत संकलन गरेको छ भने कुल नाफा १ करोड ६२ लाख रहेको छ ।

Ad