May 22nd, 2016

अमेरिकी डलर साढे २ वर्षयताकै महँगो 

dollorअमेरिकी डलरको मूल्य साढे २ वर्षयताकै महँगो भएको छ । आइतबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ८ रुपैयाँ २८ पैसा तोकेको छ । त्यस्तै खरीददर मूल्य १ सय ७ रुपैयाँ ६८ पैसा कायम भएको छ । 

अमेरिकी डलरको मूल्य केही समययता लगातार बढ्ने क्रममा रहेको छ । बिहिबार डलरको बिक्रीदर १ सय ७ रुपैयाँ ४१ पैसा रहेकोमा शुक्रबार १ सय ८ रुपैयाँ ४ पैसा पुगेको थियो । अमेरिकी कृषि अर्थतन्त्रमा सुधारको लक्षण अमेरिकी केन्द्रीय बैंकले हालको ब्याजदर ०.५ प्रतिशतबाट बढाउने संकेत दिनु र अर्थतन्त्रमा सुधारको संकेत देखिएपछि डलर मजबुत बनेको हो ।

नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलर बढ्दा नेपालमा महँगी बढ्ने हुँदा थप आर्थिक भार पर्ने देखिन्छ । डलरको मुल्य बढ्दा पयर्टन र रेमिट्यान्सबाट प्राप्त हुने रकम बढेपनि समग्र नेपाली अर्थतन्त्रमा डलर वृद्धिको नकरात्मक असर पर्ने देखिन्छ ।