Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गण्डकी विकास बैंकले ल्यायो ‘सुरक्षित आवास कर्जा’ योजना, यस्ता छन् विशेषताहरु

२०७५ श्रावण २९ गते

बैंकिङ खबर । गण्डकी विकास बैंक लिमिटेडले सर्वसाधारणको हितलाई ध्यानमा राखी गण्डकी सुरक्षित आवास कर्जा योजना बजारमा ल्याएको छ । जसमा ग्राहकले घर/जग्गा खरिद गर्न र घर निर्माण गर्नको लागि रु. पाँच लाख देखि पाँच करोडसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । कर्जाको अवधि अधिकतम २० वर्ष सम्म रहनेछ भने सेवा तथा अन्य शुल्क नलाग्ने बैंकले बनाएको छ । 

ब्याज मात्र तिरे पुग्ने यस कर्जाको व्याजदर वेस रेटमा अधिकतम २ प्रतिशतसम्म मात्र थप गरी निर्धारण गरिने छ । जसको लागि ग्राहकले आफ्नो वा आफ्नो एकाघर परिवारको नाउँमा बैंकमार्फत जीवन बीमा गराउनु पर्नेछ ।  बीमा अवधि पश्चात् ग्राहकले बोनस रकम समेत प्राप्त गर्नेछन् । यस प्रकारको योजनाले ग्राहकलाई भवितव्यबाट आइपर्ने आर्थिक भारको न्यूनीकरण तथा बचत हुन जाने विश्वास बैंकले लिएको छ ।

यस प्रकारको सेवा बैंकका सबै शाखा कार्यालयहरुबाट प्रदान गरिनेछ । हाल बैंकको पूर्वको ताप्लेजुङदेखि सुदुरपश्चिमको महेन्द्रनगर र उत्तरतिर मुस्ताङ र मनाङ गरी ७२ वटा शाखा सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा ५वटा शाखा थप गरी ७७ वटा शाखा सञ्चालनमा आउने प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए ।

Ad