August 14th, 2018

राष्ट्र बैंकअन्तर्गत जनशक्ति ब्यवस्थापन विभाग अब डेपुटी गभर्नर शिवाकोटीको मातहतमा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकअन्तर्गत जनशक्ति ब्यवस्थापन विभागको जिम्मा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिइएको छ । डेपुटी गभर्नर शिवराज श्रेष्ठको मातहतमा रहेको विभागलाई अर्का डेपुटी गभर्नर शिवाकोटीको मातहतमा सारिएको हो । यससँगै, राष्ट्र बैंकका १७ वटा विभागमध्ये शिवराज श्रेष्ठको मातहतमा ६ वटा विभाग र बाँकी ११ विभाग चिन्तामणि शिवाकोटीको मातहतमा भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]