Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

२०७५ श्रावण २९ गते

बैंकिङ खबर । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबारको लागि नेपाल राष्ट्र बैंकले जारी गरेको सटहि दर अनुसार डलरको मुल्य ११२ रुपैयाँ २० पैसा रहेको छ । सोमबार ११० रुपैयाँ ४३ पैसा रहेकोमा डलरको भाउ एकैदिन एक रुपैयाँ ७७ पैसाले बृद्धि भएको हो । डलरको मुल्य ११२ रुपैयाँ २० पैसा पुगेसँगै नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । यसअघि डलरको भाउ ११० रुपैयाँ ७६ पैसासम्म पुगेको थियो ।

डलरको मुल्य बढेसँगै विदेशमा रहेका नेपालीहरुले पठाउने रेमिट्यान्समा बृद्धि हुनुको साथै निर्यात ब्यापारलाई पनि राहत मिल्छ । तर नेपाल जस्तो व्यापार घाटा अत्याधिक भएको मुलुकको लागि डलरको मुल्य बृद्धि हुँदा नेपालले आयात गर्ने वस्तु तथा सेवामा त्यसको सिधा चाप अथवा प्रभाव पर्न जान्छ । बढ्दो पेट्रोलियम र डलरको मुल्यका कारण नेपालले थप महँगीको सामना गर्नुपर्ने हुन्छ ।