August 10th, 2018

एउटै पानामा हेर्नुहोस्, साताभरका प्रमुख बैंकिङ खबरहरु

बैंकिङ खबर । यो सातादेखि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई भारतीय मुद्रामा कर्जा ल्याउने बाटो खुला गरिदियो । त्यस्तै, केन्द्रीय बैंकले नोट केरमेट गर्नेलाई सजाय दिने घोषणा गर्यो । यसै सातादेखि  बैक खाताबाट सिधै अनलाइन रकम ट्रान्सफर गर्न सकिने भएको छ । समग्रमा साताभरका प्रमुख बैंकिङ खबरहरु यहाँ प्रस्तुत गरिन्छ :

वाणिज्य बैंकहरुले भारुमा कर्जा ल्याउन पाउने
बाणिज्य बैंकहरुले भारतीय रुपैयाँमा पनि ऋण लिएर लगानी गर्न पाउने भएका छन् । मौद्रिक नीतिमा भएको ब्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले एक निर्देशन जारी गरेको छ । जसअनुसार, बैंकहरुले कुल प्राथमिक पूँजीको २५ प्रतिशतसम्म मात्र भारुमा ऋण लिन पाउने भएका छन् । यसरी ल्याइएको ऋण पूर्वाधार, सुरुङमार्ग, कृषि, पर्यटन लगायतका क्षेत्रमा मात्रै लगानी गर्न पाइने व्यवस्था गरिएको छ । एक वर्षदेखि पाँच वर्षसम्मका लागि यस्तो ऋण लिन पाइनेछ । ऋणको ब्याज दर भारत सरकारले जारी गरेको ३६४ दिन ट्रेजरी बिल्सको औषत डिस्काउन्ट दरमा १ प्रतिशत प्रिमियम थप गरेर ल्याउन पाइन्छ ।

बैंक खाताबाट सिधै अनलाइन रकम ट्रान्सफर
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस इपेमेन्ट प्रणालीको सेवा विस्तार गर्ने क्रममा बैंक खाताबाट सिधै गरिने अनलाइन रकम ट्रान्सफरको सेवा पनि संचालनमा ल्याइएको छ । उक्त सेवाअन्तर्गत बैंकको ग्राहकले इपेमेन्ट प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको सिधै रकम ट्रान्सफर गर्न सक्नेछन् ।  सेवाग्राहीले आफ्नै खातामा अथवा हितग्राहीको खातामा बैंक खाता नम्बरको आधारमा अथवा हितग्राहीको मोबाइल नम्बरको आधारमा समेत रकम ट्रान्सफर गर्न सक्ने सुविधा रहेको छ । बैंकको ग्राहकले उक्त प्रणाली प्रयोग गर्न धधध।अयललभअतष्उक।अयm मा गई आफूलाई एक पटक आवद्ध गर्नु पर्ने हुन्छ र आफ्नो बैंक खाताको विवरण समेत भरी खाता लिंक गराए पछि सोको फारम डाउनलोड गरि एक पटक आफ्नो बैंकबाट भेरिफाई गर्नु पर्ने हुन्छ । 

नोटमा केरमेट गर्नेलाई तीन महिना जेल
नोटमा केरमेट गर्ने व्यक्तिलाई तीन महिना जेल सजाय हुने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै नोटमा केरमेट गरेमा ३ महिना जेल वा ५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने जनाएको छ । मुलुकी अपराध(संहिता) ऐन २०७४ को परिच्छेद २२ अनुसार नोट वा सिक्का जलाउने,केरमेट गर्ने,नष्ट गर्न खोज्नेलाई कसुर कायम हुने र त्यस्ता व्यक्तिलाई ३ महिनासम्म जेल सजाय हुने उल्लेख छ । यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै नोटमा केरमेट गर्न, स्टिच लगाउन रोक लगाएको छ । यसो गरेमा ३ महिना जेल तथा ५ हजार रुपैयाँ जरिवाना हुनेछ ।

प्रभु पे संचालनमा
प्रभु ग्रुपले “वालेट अब मोबाइलमा” भन्ने नाराको साथमा प्रभु पे नामको मोबाइल वालेट संचालनमा ल्याएको छ । प्रभु पे को एप्सलाई मोबाइलमा गुगल वा प्ले स्टोरबाट डाउन्लोड गर्न सकिन्छ । डाउन्लोड गरिसकेपछि पैसासँग सम्बन्धित सम्पुर्ण कार्यहरु यसै एपबाट गर्न सकिनेछ । बैंक तथा वित्तीय संस्थाको खाताबाट ब्यालेन्स ट्रानफर गर्ने, विजुली तथा पानीको विल भुक्तानी गर्ने, मार्केटमा बस्तु तथा सेवाहरुको किनमेल गर्दा विल भुत्तानी गर्ने, प्रभु टिभिको रिचार्ज गर्ने, मोबाइल रिचार्ज गर्ने, इन्टरनेटको विल तिर्ने, फिल्मको टिकट बुकिङ गर्ने, एक सहकारीबाट अर्को  सहकारीमा ब्यालेन्स ट्रान्सफर गर्ने र  हवाई टिकट बुकीङ गर्ने जस्ता सुविधाहरु प्रभु पेमा रहेको छ । साथमा एनएचसीएल डिपोजीट गर्न समेत सहज हुने प्रभुले जनाएको छ । यसबाट अनलाइनको अलवा यूनीयन पे र क्युआर कोड स्क्यान मार्फत पनि रकम भुक्तानी गर्न सकिनेछ ।

एनआईसी एशिया बैंकमा क्युआर कोडमार्फत भुक्तानी
बैंकले क्युआर कोड मार्फत भुक्तानी संचालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्नेछन् । यो भुक्तानी प्रणाली प्रयोग गर्नको लागि निम्न तरिका प्रयोग गर्न सकिन्छः
१.  मर्चेन्टले MoBank मर्चेन्ट एपबाट रिक्वेस्ट पेमेन्ट विकल्प प्रयोग गरि क्युआर कोड जेनेरेट गर्ने र ग्राहकले आफ्नो MoBank प्रयोग गरि सोहि क्युआर कोडमा MOPay विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।
२. मर्चेन्टले भुक्तानी काउण्टरमा क्युआर कोड भएको स्टिकर पनि राख्न सक्नेछन् जसलाई ग्राहकले MOPay विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् । 

शाखा तथा सेवा विस्तार
एजआईसी एशिया बैंकले गुल्मी जिल्लास्थित गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरा र तनहुँ जिल्लास्थित म्याग्दे गाउँपालिकाको जामुने बजारमामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्यायो ।
मुक्तिनाथ विकास बैंकले महोत्तरी जिल्लाको बर्दीबास, रौतहट जिल्लाको चन्द्रनिगाहपुर, सुनसरी जिल्लाको इटहरी तथा इनरुवा र झापा जिल्लाको दमक गरी आफ्ना पाँच नयाँ शाखा कार्यालय विस्तार गर्यो ।
गण्डकी विकास बैंकले ताप्लेजुङको फुङलिङ, मुस्ताङको कागवेनी, भक्तपुरको सुकुलढोका र ललितपुरको इमाडोलमा नयाँ शाखाहरु संचालनमा ल्यायो ।
महालक्ष्मी विकास बैँकले गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्यायो । 
मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाईस्थित धुराबजार शाखाबाट औपचारीक रुपमा कारोबार सुरु गर्यो ।
एनआईसी एशिया बैंकले धादिङको गजुरी र गल्छीमा नयाँ शाखाहरु संचालनमा ल्यायो ।
लक्ष्मी बैंकले काठमाडौंको मनमैजुमा नयाँ शाखा संचालनमा ल्यायो ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले संध्याकालीन काउण्टर संचालनमा ल्यायो ।

सम्झौता
सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य बीमा योजना अन्र्तगत विशिष्ट सेवा पुर्याउने हेतुले देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुसँग सम्झौता गर्यो ।
एनआईसी एसिया बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि.बिच रेमिट्यान्स सम्झौता भयो ।
प्रभु लाइफ इन्स्योरेन्स लि. तथा महालक्ष्मी बिकास बैंक लि.बीच बैंकास्योरेन्स सम्झौता भयो ।

लघुवित्त
चौतारी लघुवित्त वित्तीय संस्थाको शाखा व्यवस्थापन तालिम सम्पन्न भयो ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले शाखा प्रबन्धकहरुको लागि लघुवित्तमा शाखा व्यवस्थापन तालिमको आयोजना गर्यो ।
नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा सरोज घिमिरे नियुक्त भए ।
जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडको आ.व.२०७४।७५ को वार्षिक समिक्षा तथा आ.व.२०७५।७६ को रणनीति सम्बन्धी एक दिवसीय गोष्ठी सम्पन्न भयो ।

अन्य
जनता बैंक नेपाल लिमिटेडले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्यायो ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]