Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एलआईसी नेपालले ३६ प्रतिशत बोनस सेयर दिने

२०७५ श्रावण २४ गते

बैंकिङ खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ३६ प्रतिशत बोनस सेयर  वितरण गर्ने भएको छ । कम्पनीको विहीबार (साउन २४ गते) बसेको ९४औं संचालक समितिको बैठकले आ.ब. २०७३/०७४ को मुनाफाबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनका लागि १.८९४७४ प्रतिशत नगद लाभनंश पनि वितरण गर्नेछ ।

प्रस्तावित बोनस बीमा समितिबाट स्वीकृत भई कम्पनीको १६औँ वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।

हाल एलआईसी नेपालको चुक्तापुँजी एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार पाँच सय रुपैयाँ रहेको छ ।