May 22nd, 2016

अष्ट्रेलियाकी वित्तीय विज्ञको सगरमाथा आरोहणको क्रममा मृत्यु

mariaसर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्कने क्रममा अष्ट्रेलियाको मारिया मेलवर्न विश्वविद्यालयको बैंक तथा वित्तिय विभागकी लेक्चररको मृत्यु भएको छ । मोनासको युनिसर्भिटी आवद्ध ३४ बर्षिया डा.मारियाको चौथो शिविरबाट तल ओर्लने क्रममा हाई अल्टिच्यूडका कारण हृदयाघात हुनुका साथै हिउँले दृष्टि गुमेपछि मुत्यु भएको बताइएको छ । आफ्ना श्रीमान् र अन्य १० जना आरोहीका साथमा मारिया एक महिनाअघि नै नेपाल आएकी अष्ट्रेलियाली सञ्चार माध्यमले जनाएका छन् । उनी अष्ट्रेलियामा बैंक तथा वित्तीय क्षेत्रको विज्ञका रुपमा चिनिएकी छन् । उनले त्यहाँका बैंक तथा वित्तीय सुधारका लागि सयौँ आर्टिकल लेखेकी छन् । 

शनिबार नै नेदरल्याण्डस्का अर्का आरोही एरिक आर्नोल्ण्डको पनि मृत्यु भएको थियो ।