Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जनता बैंकको उपस्थिती ५० जिल्लामा, अब कहाँ खोल्दैछ शाखा ?

२०७५ श्रावण २३ गते

बैंकिङ खबर । निजीस्तरको जनता बैंक लिमिटेडले शाखा विस्तार कार्यलाई जोड दिँदै आएको छ । सहरी भेगमा मात्रै नभएर विभिन्न दुर्गम स्थानहरुमा समेत बैंकले शाखा विस्तार गरिरहेको छ । हाल जनता बैंकका १२० शाखा संचालनमा छन् । यसबाहेक, एटिएम ६९, एक्सटेन्सन काउन्टर २ वटा र ४० शाखारहित बैंकिङ मार्फत विभिन्न ठाउँमा छरिएर रहेका ग्राहकहरुलाई बैंकले सेवा दिँदै आईरहेको छ  । 

क्षेत्रीय कार्यलयहरु
जनता बैंकको क्षेत्रीय कार्यलयहरु ५ वटा रहेका छन् । इटहरी, काठमाडौं, भरतपुर, वुटवल, र नेपालगञ्जमा जनता बैंकका क्षेत्रीय कार्यलयहरु संचालनमा छन् । राष्ट्र बैंकले सबै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न निर्देशन दिए अनुरुप आगामी दिनमा प्रादेशिक कार्यालय स्थापनालाई पनि प्राथमिकतामा राख्दै अघि बढ्ने बैंकको योजना छ । 

शाखा पुग्न २७ वटा जिल्ला बाँकी
जनाता बैंकका हालसम्म विस्तार भएका शाखाहरुले ५० जिल्लालाई कभर गरेको छ । पाँचथर, संखुवासभा, भोजपुर, उदयपुर, सिन्धुली, ओखलढुङगा, खोटाङ, सोलुखुम्बु, दोलखा, धादिङ, म्याग्दी, मनाङ, मुस्ताङ, डोल्पा, पूर्वि रुकुम, पश्चिम रुकुम, दैलेख, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा, डोटी, मुगु, हुम्ला, कालिकोट, डोल्पामा जनता बैंकका शाखा पुगेका छैनन् । आगामी दिनमा यी जिल्लाहरुलाई प्राथमिकतामा राखेर शाखा विस्तार गर्ने बैंकको योजना छ । 

कुन प्रदेशमा कति शाखा ?
जनता बैंकको कुल १२० वटा शाखामध्ये उपत्यका भित्र १७ वटा रहेका छन् । बाँकी १०३ वटा शाखा उपत्यका बाहिरका विभिन्न स्थानहरुमा रहेका छन् । जनता बैंकका सबैभन्दा बढि शाखा प्रदेश नं ३ मा रहेका छन् । यहाँ जनता बैंकको कुल ३५ वटा शाखा संचालनमा रहेका छन् ।  त्यस्तैगरी प्रदेश नं ६ मा सबैभन्दा थोरै ६ वटा मात्र शाखा संचालनमा रहेका छन् । यसबाहेक प्रदेश नं १ मा  १३ वटा, प्रदेश नं २ मा ११ वटा, प्रदेश नं ४ मा १४ वटा, प्रदेश नं ५ मा ३४ वटा र प्रदेश नं ७ मा ७ वटा शाखा संचालनमा रहेका छन् । जनता बैंकको सबैभन्दा बढी कारोबार गर्ने शाखा काठमाडौँस्थित नयाँ वानेश्वर शाखा रहेको छ । 

एक वर्षमा ३० नयाँ शाखा
जनता बैंकले गत आर्थिक वर्षमा मात्रै ३० वटा नयाँ शाखा विस्तार गरेको छ । यसबाहेक, गत आर्थिक वर्षभित्रै बैंकले ९ वटा एटिएम, ७ वटा शाखारहित बैंकिङ र  १ एक्सटेन्सन काउन्टर थप गरेको छ । 

सबै प्रदेशमा १।१ शाखा थप्दै
जनता बैंकले चालू आर्थिक वर्षमा पनि शाखा विस्तारलाई प्राथमिकतामा राखेको छ । प्रदेश नं १ अन्तर्गत मोरङको विराट नगरपालिकामा तितैपानी शाखा संचालनमा ल्याउँदैछ । त्यस्तै, प्रदेश नं. २ अन्तर्गत रोल्पाको दुईखाली परिवर्तण गाउँपालीका, प्रदेश नं ३ स्थित पुर्वि नवलपरासीको बुङ्दीकाली गाउँपालीका, प्रदेश नं. ४ स्थित रोल्पाको सुकिदह गाउँपालीका, प्रदेश नं ५ स्थित हुम्लाको अदानचुली गाउँपालीका, प्रदेश नं ६ स्थित हुम्लाको चंखेली गाउँपालीका र ताँजाकोट गाउँपालीकामा पनि जनता बैंकले शाखा विस्तार गर्दैछ । हरेक प्रदेशमा कम्तीमा एउटा शाखा विस्तार गर्ने नीति लिएर अगाडी बढ्ने योजना रहेको बैंकले जनाएको छ ।

Ad