बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले निक्षेप तथा कर्जामा व्याजदर घटाएको छ । बैंकले मंगलबारदेखि नै लागू हुने गरी नयाँ व्याजदर प्रकाशित गरेको छ ।
बैंकले सामान्य बचतमा दुई प्रतिशतदेखि अधिकतम चार प्रतिशत तथा मुद्धती निक्षेपमा ५ प्रतिशत देखि अधिकतम १०.५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै, बैंकले अधिकतम १३ दशमलव ३७ प्रतिशतसम्म ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले आधार दरमा २.०७ प्रतिशतदेखि ६.०७ प्रतिशतसम्म थपेर कर्जा उपलब्ध गराउने जनाएको छ । जोखिम बापतको थप दुई प्रतिशत प्रिमयम लिन सक्ने पनि बैंकले उल्लेख गरेको छ ।
बैंकका अनुसार गत आर्थिक बर्षको चौथो त्रैमास अर्थात असार मसान्तसम्म आधार ब्याजदर ७.०३ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर केही घटेपछि कर्जाको ब्याज घटाएको हो । तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म बैंकको आधार दर ७.११ प्रतिशत थियो ।