Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ज्योति विकास बैंकको लगानी उत्पादनशील क्षेत्रमा केन्द्रित

२०७५ श्रावण २२ गते

बैंकिङ खबर । ज्योति विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार, न्युनतम चुक्तापुँजी पुर्याइसकेको छ । बैंकको चुक्तापुँजी दुई अर्ब ५९ करोड रुपैयाँ रहेको छ । यसबाहेक, ज्योति विकास बैंक हाम्रो विकास बैंकलाई एक्वायर गर्ने प्रक्रियामा छ । कात्तिकभित्र प्रक्रिया पूरा भइसक्ने बताइएको छ । डिडिएको आधारमा स्वाप रेसियो कायम गर्न बाँकी रहेको छ । 

निक्षेपमा व्याजदर
ज्योति विकास बैंक लिमिटेडले मुद्दति निक्षेपमा १२ प्रतिशत र बचतमा ६.७५ देखि ८ प्रतिशतसम्म व्याज दिएको छ । केही बैंकहरुले मुद्दति निक्षेपको व्याजदर साढे १० प्रतिशतसम्म झारेपनि ज्योति विकास बैंकले एक वर्षे मुद्दतिमा १२ प्रतिशत व्याज नै दिइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बताए ।

कर्जा व्याजदर
असार मसान्तसम्म ज्योति विकास बैंकको लगभग १९ अर्ब ५४ करोडको पोर्टफोलियो रहेको छ । यो साइजमा कष्ट पनि राम्रो रहेको ज्ञवालीले बताए । अहिले बेस रेट लगभग १२.७ प्रतिशतको हाराहारीमा रहेको छ । त्यसैले, लेण्डिङ रेट पनि सोही हाराहारीमा रहेको छ । तर, राम्रो प्रोजेक्ट आएको अवस्थामा बेस रेट १२.७ प्रतिशतमै जान सकिने ज्ञवालीले बताए । ‘साढे १३ प्रतिशत देखि १६ प्रतिशतसम्मका विभिन्न प्रकारका कर्जाहरु छन्,’ उनले भने, ‘कर्जाहरु विकास, पूर्वाधार लगायतका क्षेत्रमा राम्रो विजनेस आयो भने बेस रेटमै पनि उपलब्ध गराउन सकिन्छ ।’ तर, व्यक्तिगत अथवा हाई पर्चेजका कर्जाहरुलाई हाई साइटमा राखेर १५ देखि साढे १५ प्रतिशत सम्ममा कर्जा दिइरहेको उनले जानकारी दिए ।

रियलस्टेट क्षेत्रमा लगानी 
प्राईभेट क्षेत्रमा ज्योति विकास बैंकको १५ प्रतिशतभन्दा बढी लगानी छ । रियलस्टेट क्षेत्रमा यो बैंकको लगानी  १० प्रतिशत भन्दा कम रहेको छ । मार्जिन लेन्डिङ कोर क्यापिटलको २५ प्रतिशत रहेको बैंकको विपन्न वर्गमा  लगानी नियामक निकायको निर्देशनभन्दा धेरै रहेको छ । 

विपन्न वर्ग कर्जा प्रत्यक्ष रुपमै
बैंकले प्रत्यक्ष रुपमा पनि विपन्न वर्गमा लगानी गर्दै आएको छ । ज्योति विकास बैंकले आफ्नै ज्योति लघुवित्त सुरु गरिसकेपछि लगभग तीन हजार ग्राहकबाट हाल १५ करोडभन्दा बढी डाइरेक्ट लेन्डिङ गरिसकेको छ । समग्रमा विपन्न वर्गमा ज्योति विकास बैंकको लगानी कुल १६ अर्ब लगानीमा एक अर्बको हाराहारी छ । डाइरेक्ट लेन्डिङबाट होलसेल लेन्डिङलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित अघि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।

चालू आर्थिक वर्षमा ३० शाखा थपिँदै
हाल ज्योति विकास बैंकका शाखा ६० वटा सञ्चालनमा रहेका छन् । चालू आर्थिक वर्षमा थप ३० शाखा विस्तार गर्ने बैंकको योजना छ । त्यसपछि पनि शाखा विस्तारलाई निरन्तरता दिँदै जाने बैंकको योजना रहेको छ । हालसम्म शाखारहित बैंकिङ सुरु नगरेको बैंकको एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटिएम संचालनमा छन् । चालू आर्थिक वर्षमा एटिएम पनि ३० वटा थपिने भएका छन् । 

बैंकमा हाल करिब पाँच सय ३० जना कर्मचारी कार्यरत छन् । शाखा र सेवा विस्तार गर्दै जाँदा अर्को बर्ष कर्मचारी संख्या लगभग आठ सय ७० को हाराहारीमा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाई छ । 

Ad