एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा बैंकले QR Code मार्फत भुक्तानी संचालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ्ग(MoBank App) प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्नेछन् । QR Code मार्फत भुक्तानी गर्नको लागि निम्न तरिका प्रयोग गर्न सकिन्छः
१. मर्चेन्टले MoBankमर्चेन्ट APP बाट Request Payment विकल्प प्रयोग गरि QR Code generate गर्ने र ग्राहकले आफ्नो MoBank प्रयोग गरि सोहि QR Code मा MOPay विकल्प प्रयोग गरि Scan गरेर भुक्तानी गर्न सक्नेछन् ।
२. मर्चेन्टले भुक्तानी काउण्टरमा QR Code भएको Sticker पनि राख्न सक्नेछन् जसलाई ग्राहकले MOPay विकल्प प्रयोग गरि Scan गरेर भुक्तानी गर्न सक्नेछन् ।
एनआईसी एशिया बैंक यो सेवा नेपालमा सुरु गर्ने पहिलो बैंक हो । यो सेवाबाट व्यवसायी तथा ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यो सेवा प्रयोग गर्नको लागि ग्राहकसँग Smart phone उपलब्ध हुनुपर्ने र उक्त Smart phone प्रयोग गरि ग्राहकले सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकको मोबाइल बैंकिङ्ग (MOBank) सेवा Google Play/App Store अथवा बैंकको वेबसाइटबाट सजिलै डाउनलोड गर्न सकिन्छ । बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।
मुलुककै सबैभन्दा ठूलो शाखा संजाल भएको बैंकले २३४शाखाकार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ । कुल निक्षेप करिब रू. १४९ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । त्यस्तै, कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।