August 5th, 2018

केन्द्रीय बैंक अर्थात् नेपाल राष्ट्र बैंकका झन्डै एक दर्जन चुनौतीहरु

बैंकिङ खबर । विश्वव्यापी रुपमा मौलाउदै आएको उदारीकरण र विश्वव्यापीकरणले गर्दा केन्द्री बैंकका कार्यहरु जटिल र चुनौतीपुर्ण हुदै आएका छन । यस्ता चुनौतीपुर्ण कार्य सम्पादनकालागि बैंकले अत्यन्त सजग र सरल रुपमा कार्य सम्पादन गर्न जरुरी हुन्छ । यस्ता चुनौतीहरु निम्नानुसार रहेका छन् : 

१. विज्ञाण तथा प्रविधि क्षेत्रको अभुतपुर्ण विकासित हुँदै आएकोले विश्व साँघुरिँदै गएको छ । फलस्वरुपः केन्द्रीय बैंकले विदेशी मुद्राको नियन्त्रण प्रक्रिया साह्रैँ जटिल बन्दै आएको पनि छ । हाल सिमारहित बैंकिङ बजारले थपजटिलता ल्यमएको छ । 
२. चालु खातापुर्णतया खुला गरिएको, पुँजी खातामापनि कतिपय कारोबारहरु खुला गरिएको र बाकी बारोबारहरु पनि खुला गर्नकालागि दबाब परिरहेको छ । त्यसैले यस्ता दबाबलाई लिएर उपयुक्त र अनुकुल नीति बनाई अगाडी बढाउनु पनि चुनौतीपुर्ण नै देखिन्छ । 
३. चालु खाता पुर्णरुपमा खुला गरिए पनि वाणिज्य बैंकहरु यो परिर्वत्य मुद्रा (यु.एस.डलर, युरो, स्टारलिङ्ग पौण्ड लगायत अन्य विदेशी मुद्राहरु) को कारोबार देशको वाणिज्य बैंकहरुबाट मात्र सम्पादन हुदै आएकामा अरु विकास बैंक तथा वित्तिय संस्थाहरुले समेत सुरु गरेका छन । यसरी विभिन्न बै.क तथा वित्तिय संस्थाबाट भए गरेको कारोबारको नियमित, निरीक्षण र अनुगमन गर्न जटिल बन्दै आएको छ । 
४. विश्वमा विकसित हुदै गएको निकटता तथा प्रविधीको कारणले गर्दा नीजि क्षेत्र अत्यन्त प्रभावकारी बन्दै आएको छ । तर यस्तो दक्षता केन्द्रीय बैंकमा अझै पुर्णरुपमा विकसित हुन सकेको छैन । त्यसैले विनिमय प्रणली तथा बैंकिङ प्रणलीमा भएका र हुने परिवर्तण अनुसार चुस्त र दुरुस्त रहन केन्द्रीय बैंकलाई समस्या उत्पन्न भएको हो । 
५. वर्तमान अवस्थामा देशका बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो कारोबार मुनाफा हुने क्षेत्रमा सञ्चालन गर्ने थालेका छन । जसले गर्दा ग्रामिण तथा मुनाफा नहुने क्षेत्रमा बैंकहरु प्रवेश गर्न नचाहाने हुदाँ ग्रामिण क्षेत्र बैंकिङ सेवाबाट अझै टाढारहेको छ । 
६. उदारिकरण पछिका दिनहरुमा निक्षेप तथा कर्जादर, विनिमयदर तथा बैंकिङ क्षेत्रका अन्य सेवाहरुको मुल्य निर्धारण बजारले गरेको छ । यसरी बजारबाट निर्धारण भएका मुल्यदरहरु राष्ट्रको वित्तीय हीत अनुकुल भए नभएको विषयमा जाचँ पड्ताल गरी नियन्त्रण र सञ्चालन गर्ने कार्य स्वयं केन्द्रीय बैंकलाई चुनौतीपुर्ण रहेको छ । 
७. नेपालले अन्तर्राष्ट्रिय व्यापार संगठन सदस्यता लिए पछि विश्वका जुनसुकै बैंक तथा वित्तीय संस्थाले आफ्नो कारोबार गर्नेसक्दछन् । यस कारोबारले गर्दा देशका  ऐन तथा नियम आदिको बारेमा पनि सोही अनुकुल परिवर्तण हुनु जरुरी हुन्छ । तर सो अनुकुल परिवर्तण हुन सकेको छैन । 
८. नेपालको केन्द्रीय बैंकको व्यवस्थापन अझै पनि पुरानै मानसिकता,जनशक्ति,कार्यशैली र परम्परा धान्ने खालको रहेको छ । यसलाई समयअनुकुल परिमार्जन तथा आधुनिकीकरण हुन सकेको छैन । यस्तै अवस्थामा रहेको संयन्त्रले यस क्षेत्रमा आएका आधुनिकताको नियन्त्रण परिचालन गर्न अप्ठयारो पर्ने स्पष्ट देखिन्छ । 
९. नेपालमा सरकारी लगानी तथा सक्रियतामा स्थापना भएका बैंक तथा वित्तीय संस्थाहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल औद्यगिक विकास निगममा पुरानै मानसिकता र कार्यशैली रहेको छ । यी निकायहरुको कार्यप्रणालीमा अझै पनि कुनै प्रकारको सुधार हुन सकेको छैन । 
१०. हाल आर्थिक अपराधहरु क्रमशः बढ्दै गएका छन् । यस्ता अपराधहरु नियन्त्रण गर्ने तथा अपराधीहरुलाई कार्यवाही गर्ने समेतमा जटिलता सिर्जना हुदै आएको छ । त्यसैले यस्ता कार्यहरुको नियन्त्रणका लागि उपयुक्त ऐन, नियम र पेसागत संस्थाहरु विकसित गर्ने जरुरी देखिन्छ । साथै आचर संहिता समेतको ब्यवस्था भएमा निरीक्षण कार्यमा बढि सरल हुनेछ । 
११. नेपालमा वित्तयि संस्थाहरुको संङख्यामा व्यापक वृद्धि हुदै आएको छ । जसले गर्दा यसको नियन्त्रण तथा अनुगमन गर्ने निकायको कार्यबोझमा व्यापक रुपमा थपिएको छ । साथै नेपाल राष्ट्र बैंकले आफ्नो प्रमुखा कार्य मौद्रिक नीति सबल र सक्षमताका साथ अगाडी बढाउन नसकेको जस्तो देखिन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाहरुको दर्ता तथा नियगमन नियन्त्रण कार्य सम्पादनका लागि अलग्गै भएमा काममा छरितोपन आउन सक्छ । त्यसैले सम्बन्धित निकायले यसतर्फ ध्यान दिन सख्त जरुरी देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]