बैंकिङ खबर । ऋण असुली न्यायाधीकरणमा यो हप्ता १३ वटा मुद्धाको सुनुवाई हुने भएको छ । चालू आर्थिक बर्षको प्रथम सुनुवाई सोमबारबाट सुरु हुँदैछ । सोमबार तीन वटा मुद्धामा सुनुवाई हुने ऋण असुली न्यायाधीकरणको कार्यालयले जनाएको छ ।
सोमबारको पहिलो सुनुवाइमा मुद्धा नं १०१/०६९/२७८ को माच्छापुच्छ्रे बैंक वादी र कस्मिक एयर प्रा.लि. प्रतिवादी रहेका छन् । सोमबार नै पेशी तोकीएको दोस्रो मुद्धा मुद्धा नं. १०१÷०७२÷३९ को पनि सुनुवाई हुँदैछ, जसमा भिबोर विकास बैंक लि. वादी रहेका छ भने प्रतिवादीमा राधा इन्जीनीयरिङ एण्ड कन्स्ट्रक्सन कं. प्रा.लि. रहेको छ । सोमबारका लागि नै मुद्धा नं १०१/०७४/११ को पनि सुनुवाइ हुँदै छ । उक्त मुद्धामा बाबुराम अधीकारी प्रतिवादी र एनएमबी बैंक वादी रहेका छन् ।
२०७५ श्रावण २२ गते मंगलबारका लागि ४ वटा मुद्धाको पेशी तोकिएको छ । सोमबारको लागि पेशी तोकिएको ४ वटै मुद्धाको वादी नविल बैक रहेको छ । सो दिन सुनुवाई हुन लागेका मुद्धा नं १०१/०७१/३२४, मुद्धा नं१०१/०७१/३५४,मुद्धा नं १०१/०७१/३५५ र मुद्धा नं१०१/०७१/३५६ मुद्धाको प्रतिवादीमा भने क्रमशः सांग्रिला इन्भेष्टमेन्ट प्रा.लि., जेन श्रष्ठ, सिद्धिगणेश रिक्रियसन प्रा.लि. र काठमाडौं रिक्रियसन सेन्टर प्रतिवादी रहेका छन् ।
२०७५ श्रावण २३ गते बुधबार पनि २ वटा मुद्धाको सुनुवाई हुँदैछ । बुधबारको लागि पेशी तोकिएका मुद्धाहरु क्रमशः मुदा नं. १०१/०६९/२९२,मुदा नं.१०१/०७३/७८ रहेका छन् । उक्त मुद्धाहरुको वादीमा क्रमशः नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.र सिभिल बैंक लि.रहेका छन् भने प्रतिवादीमा क्रमशः ग्लोबल कन्स्ट्रक्सन प्रा.लि. र सत्य नारायण शाह कलवार रहेका छन् ।
२०७५ श्रावण २४ गते बिहिबार ४ वटा मुद्धाको सुनुवाई हुँदैछ । विहीबारको लागि पेशी तोकिएका मुद्धाहरु क्रमशः मुदा नं. १०१/०७३/१६२,मुदा नं. १०१/०७३/२१,मुदा नं. १०१/०७३/३० र मुदा नं. १०१/०६९/२९१रहेका छन् । यी मुद्धाहरुका वादीमा क्रमशः नेपाल फाइनान्स लि., एनआइसी एशीया बैंक लि.,एनएमबी बैंक लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. रहेका छन् । त्यस्तै प्रतिवादीमा क्रमशः हिमचुली सप्लायर्स, श्याम सिंह ठकुरी, सुनौला रितम्ती कन्स्ट्रक्सन लि. र एभ्को इन्टरनेशनल प्रा.लि. रहेका छन् ।