Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा लाईफ इन्स्योरेन्स र मेगा बैैंक बीच बैंकास्योरेन्स सम्झौता

२०७५ श्रावण १८ गते

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र मेगा बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी. तथा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौताअनुसार ग्राहकहरुले मेगा बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन बीमा सेवा उपभोग गर्न सक्ने छ । 

अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी दुई अर्ब र चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ भएको कम्पनीले जारी पूँजीको ३०५अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर निकट भविष्यमा नै सर्वसाधारणमा बिक्री गरी चुक्तापुँजी दुई अर्ब रुपैयाँ पुर्याउने कम्पनीको योजना रहेको छ ।