Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपालमा ‘बाली तथा पशुपक्षी बीमा’को अवस्था, केकस्ता छन् नियमहरु ? 

२०७५ श्रावण १५ गते

बैंकिङ खबर । नेपाल कृषि प्रदान देश हो । देशको करिब ६५ प्रतिशत जनसंख्या अझै कृषि पेशामा निर्भर रहेका छन् । कहिले सुख्खा तथा कहिले  अत्याधिक वर्षा, असीना, बाढी, पहिरो, रोगव्यादि जस्ता जोखिमको  कारणबाट बाली नालीको क्षति हुने गर्दछ । यस्ता क्षतिहरुबाट साना तथा निर्वाहमुखि किसानहरु बढी प्रभावित हुन्छन् । यही तथ्यलाई ध्यानमा राखि कृषकहरुलाई सुरक्षित गराउने तथा व्यवसायिक कृषितर्फ उन्मुख गराउने उद्देश्यले मिति २०६९/१०/०१ मा “बाली तथा पशुपक्षी बीमा निर्देशिका २०६९” जारी गरियो । त्यसैगरी नेपाल सरकारबाट “बाली तथा पशुधन बीमाको प्रिमियरमा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७०” जारी गरी बीमाको बीमा शुल्कमा अनुदानको रकम व्यवस्था गरिएको छ । 

समीतिबाट “बाली तथा पशुपक्षी बीमा निर्देशिका, २०६९” अन्तर्गत  तत्काल ६ वटा कृषि बीमाका बीमालेखहरु तयार गरी जारी गरियो ।  त्यसैगरी कृषकको माग तथा बजारको आवश्यकता अनुसार समीतिले बीमलेख तयार गर्ने कार्यलाई निरन्तरता दिदैं आएको छ । शुरुको अवस्थामा बाली अन्तर्गत लागतमा आधारित बीमालेख तयार गर्दा कृषकहरु बीमा तर्फ थप आकर्षित भई बाली बीमाको दायरा अझ बढी फराकिलो हुने कुरालाई  मध्यनजर गर्दै समीतिबाट हालसालै ४९ वटा तरकारीमा तथा मसला बाली तर्फ अदुवा र बेसारमा उत्पादनमा बीमालेख तयार गरी प्रचलनमा  ल्याईएको छ ।
बाली तथा पशुपन्छी बीमा अन्तर्गत निम्न बीमा  समावेश गरिएको छ ः
क) बाली बीमा
ख) पशु बीमा
ग) पन्छी बीमा र
घ) समीतिले तोकिएदिएको  अन्य बाली तथा पशुपन्छी बीमा ।
हालै बीमा समीतिले कृषि बीमा गराउने बीमितहरुको व्यक्तिगत दुर्घटना बीमाको थप व्यवस्था पनि गरेको छ । 
मिति २०७४/०९ /२० सम्म जारी भएका बीमालेख तथा बीमाशुल्कको विवरण निम्नानुसार रहेको छ ।

बाली बीमा 
१. तरकारी बीमालेख  दुई प्रकारका हुन्छन् । उत्पादनमा आधारित र (लागतमा आधारित) आलु र च्याउ रहेको छन् । उत्पादनमा आधारितमा बीमाशुल्क बीमाङ्कको ५ प्रतिशत (प्रति बाली) तिर्नुपर्दछ भने लागतका आधारितमा बीमाशुल्क बीमाङ्कको ५ प्रतिशत (प्रति बाली) नै तिर्नुपर्दछ । 
२) अन्नबाली अन्तर्गत चैत्र धान, बीज बृद्धि रहेका छन् । यी दुवै अन्न बालीको बीमाशुल्क बीमाङ्कको ५ प्रतिशत (प्रति बाली) तिर्नुपर्छ । 
३)त्यस्तै, मसला अन्तर्गत अदुवा र बेसार पर्दछ । भने अदुवाको बीमाशुल्क बीमाङ्कको ७ प्रतिशत (प्रति बाली) र बेसारको बीमाशुल्क बीमाङ्कको ५ प्रतिशत (प्रति बाली) तिर्नुपर्दछ । 
४) फलफुल तर्फ तीन प्रकारका फलफलहरु प्र्दछन् । स्याउ ( मौसमी सुचाङ्कमा आधारित), केरा, उखु, आदी रहेका छन् । स्याउको बीमाशुल्क बीमाङ्कको ८ प्रतिशत, केरा र उखुको बीमाशुल्क बीमाङ्कको ५ प्रतिशत (प्रति बाली) रहेको छ ।  ५) अन्यमा मौरी, माछा, पोखरी जस्ता यस अन्तर्गत छन् । मौरीको बीमाशुल्क बीमाङ्कको ५ प्रतिशत, माछाको बीमाशुल्क बीमाङ्कको २ प्रतिशत, पोखरीको बीमाशुल्क बीमाङ्कका १ प्रतिशत तिर्नुपर्दछ । 
६) बहु‐ वर्षिय बालीमा अलैची रहेको छ । अलैचीको बीमाशुल्क बीमाङ्कको ५ प्रतिशत (प्रति बाली) तिर्नुपर्दछ ।

पशुपन्छी बीमा 
१) अष्ट्रिचको बीमाशुल्क बीमाङ्कको २ प्रतिशत तिर्नुपर्दछ । 
२) कुखुरा अन्तर्गत बो्रइलर र लेयर्स÷प्यारेन्ट÷हाँस पर्दछन् । बो्रइलरको बीमाशुल्क बीमाङ्कको १.२५ प्रतिशत रहेको छ । 
३) पशुको बीमाशुल्क बीमाङ्कको ५ प्रतिशत रहेको छ ।