July 30th, 2018

विकट क्षेत्रमा नोट पुर्याउन हवाइजहाज भाडामा लिँदै राष्ट्र बैंक

बैंकिङ खबर । विकट हिमाली तथा पहाडी जिल्लामा नोट पुर्याउन नेपाल राष्ट्र बैंकले हवाईजहाज भाडामा लिन लागेको छ । यसका लागि राष्ट्र बैंकले सोमबार सिलवन्दी बोलपत्र आह्वान गरेको छ । नेपालगन्ज कार्यालयबाट जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लास्थित वाणिज्य बैंकमा रहेका नोटकोषहरुमा नोट पुर्याउनका लागि राष्ट्र बैंकले हवाईजहाज भाडामा लिन लागेको हो । 

हवाईजहाज भाडामा लिनका लागि नोट ढुवानी गर्न इच्छुक हवाइजहाज कम्पनीले ३१ दिनभित्र ३ हजार रुपैयाँ दस्तुर तिरी टेण्डर हाल्न सक्ने राष्ट्र बैंकले जनाएको छ । बोलपत्र पेश गर्दा बोलपत्रदाताले विड वण्ड वापतको रकम १ लाख २० हजार रुपैयाँ राष्ट्र बैंक, नेपालगन्ज कार्यालयको सण्ड्री क्रेडिटर्स हिसाब २१०९९९९र०११/००२/५२४ मा जम्मा गरेको सक्कल भौचर संलग्न गर्नु पर्ने वा सो रकम बरावरको बैंकलाई मान्य हुने बैंकको बैंक जमानत पेश गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]