July 30th, 2018

बैंकहरुको वित्तीय विवरण प्रकाशनमा किन भयो ढिलाई ? राष्ट्र बैंकले दियो यस्तो निर्देशन

बैंकिङ खबर । आर्थिक वर्ष समाप्त भएको दुई साता वितिसक्दा पनि बैंकहरुको वित्तीय विवरण प्रकाशित नभएपछि नेपाल राष्ट्र बैंकले १५ दिनभित्रमा विवरण सार्वजनिक गरिसक्न निर्देशन दिएको छ । त्रैमास महिना सकिएको १५ दिनभित्रमा कुनै एक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागलाई बुझाउनुपर्ने प्रावधान रहेको छ । तर, त्रैमास महिना सकिएको दुई सातासम्ममा २ वटा वाणिज्य बैंक र केही साना वित्तीय संस्थाहरुको मात्रै मात्र गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित भएको छ । 

राष्ट्र बैंकको निर्देशन अनुरुप अनिवार्य रुपमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण बनाउनुपर्ने भएपछि बैंक तथा वित्तीय संस्थाले गत आर्थिक बर्षको वित्तीय प्रकाशनमा ढिलाई गरेका हुन् । साबिकको व्यवस्था भन्दा फरक ढाँचामा त्रैमास सकिएको १५ दिनभित्रमा विवरण प्रकाशित गर्न सम्भव नभएपछि राष्ट्र बैंकले ३० दिनभित्रमा विवरण प्रकाशित गर्न निर्देशन दिएको छ ।

 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]