July 27th, 2018

राष्ट्र बैंकद्धारा चार खर्ब ९४ अर्बका नोट निष्काशन, चलनचल्तीमा चार खर्ब ८६ अर्ब

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले हालसम्म चार खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँका नोट निष्काशन गरेको छ । शुक्रबार सार्वजनिक गरिएको गत बर्षको वासलात अनुसार, सर्वसाधारणको हातमा भने चार खर्ब ८६ अर्ब २१ करोड रुपैयाँभन्दा बढि नोट छ । जुन अघिल्लो बर्षको तुलनामा यो १५ प्रतिशतले बढि हो । अघिल्लो बर्ष सर्वसाधारणको हातमा चार खर्ब २२ अर्ब ९० करोड रुपैयाँका नोट थियो । राष्ट्र बैंकले गत बर्ष चलनचल्तिमा पाँच खर्बको नोट पुग्ने अनुमान गरेको थियो । राष्ट्र बैंकले बैंकिङ अफिसमा भने आठ अर्ब १५ करोड ५८ लाख ५४ हजार ६ सय ८५ रुपैयाँ मौज्दात रहेको जनाएको छ । 

त्यस्तै, राष्ट्र बैंकसँग सुन मौज्दात ३३ प्रतिशतले बढेको छ । गत बर्ष १ अर्ब ६१ करोड २५ लाख रुपैयाँ हाराहारीको सुन मौज्दात राखेको राष्ट्र बैंकले यसपाली २ अर्ब १४ करोड १६ लाख रुपैयाँ हाराहारीको स्टक राखेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]