Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकका ३५ शाखा थपिँदै

२०७५ श्रावण ११ गते

बैंकिङ खबर । सरकारी स्वामित्वमा संचालित राष्ट्रिय बाणिज्य बैंकले आफ्नो शाखा संजाल नेपालका अधिकांश जिल्लामा फैलाएको छ । सर्वसाधरणहरुमा वित्तीय पहुँच अभिबृद्धि गर्ने सरकारको नीतिमा सघाउ पर्याउँदै बैंकले  पहाडी भेगका अति दुर्गम स्थानसम्म पनि शाखा विस्तार गर्दै आएको छ ।

दुई सयभन्दा बढी शाखा
राष्ट्रिय वाणिज्य बैंकहले हाल २०४ वटा शाखामार्फत सेवा दिइरहेको छ । यसबाहेक, बैंकका १३५ वटा एटिएम, २० वटा एक्सटेन्सन काउन्टर र ९५ वटा शाखारहित बैंकिङ सेवा संचालनमा छन् । 

कुन प्रदेशमा कति शाखा ?
राष्ट्रिय बाणिज्य बैंकको सबै भन्दा बढी शाखा प्रदेश नं ३ मा रहेका छन् । यहाँ राष्ट्रिय बाणिज्य बैंकका कुल ४७ वटा शाखा संचालनमा रहेका छन् । त्यस्तै प्रदेश नं ६ मा सबैभन्दा थोरै १३ शाखा मात्र संचालनमा रहेका छन् । यसबाहेक, प्रदेश नं १ मा ४६ वटा, प्रदेश नं २ मा २६ वटा, प्रदेश नं ४ मा २४ वटा र प्रदेश नं ७ मा १९ वटा शाखा संचालनमा रहेका छन् ।

७४ जिल्लामा उपस्थिती
कुल ७७ जिल्लामध्ये ७४ जिल्लामा राष्ट्रिय वाणिज्य बैंकको उपस्थिती रहेको छ । मुस्ताङ, जाजरकोट र पुर्वि रुकुममा भने भौगोलिक विकटताका कारण बैंकले शाखा पुर्याउन सकेको छैन । अब  भने यी जिल्लाहरुमा पनि शाखा विस्तार गर्ने बैंकको योजना छ । 

क्षेत्रीय कार्यलय १० वटा  
राष्ट्रिय बाणिज्य बैंकका क्षेत्रीय कार्यलहरु ५ वटा रहेका छन् । विराटनगर, विरगञ्ज, काठमाडौं, पोखरा र नेपालगञ्जमा राष्ट्रिय वाणिज्य बैंकका क्षेत्रीय कार्यलयहरु स्थापित छन् । 

एक बर्षमा १७९ शाखा 
आर्थिक वर्ष २०७४/७५ सालमा मात्रै राष्ट्रिय बाणिज्य बैंकले १७९ नयाँ शाखा संचालनमा ल्याएको छ । यस बाहेक, गत आर्थिक वर्ष भित्रै बैंकले ८० वटा एटिएम समेत थप गरेको छ । 

चालु आर्थिक वर्षमा ३५ शाखा थपिँदै 
राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षमा पनि शाखा विस्तारलाई प्राथमिकतामा राखेको छ । यो बर्षमा बैंकले ३५ वटा शाखा विस्तार गर्ने योजना बनाएको छ । अहिलेसम्म आफ्नो शाखा नपुगेको ३ जिल्लामा पनि बैंकले शाखा विस्तार गर्ने योजना बनाएको छ । बैंकिङ पहुँच नपुगेका दुर्गम ठाउँहरुमा समेत शाखा विस्तार गर्ने बैंकको योजना छ । त्यसैगरी यो वर्ष राष्ट्रिय बाणिज्य बैंकले एक हजार पस मेसिन बिक्री गर्ने लक्ष्य लिएको छ ।

Ad