Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चालू आर्थिक वर्षमा कृषि विकास बैंकका १४ शाखा थपिँदै 

२०७५ श्रावण १० गते

बैंकिङ खबर । सरकारी स्वामित्वको कृषि विकास बैंक शाखा संजालका आधारमा नेपालकै सबैभन्दा ठूलो बैंक हो । सर्वसाधारण जनताको आर्थिक हित र कृषिक्षेत्रमा सुलभ र सरल बाटो अपनाई पुँजी तथा ऋण उपलब्ध गराउने उद्देश्यले स्थापित कृषि विकास बैंकका दुई सय ५९ शाखा सञ्चालनमा छन् । यसबाहेक, बैंकले ६१ एटिएम र तीन एक्सटेन्सन काउटन्टरमार्फत सेवा दिइरहेको छ । कृषि विकास बैंकहले  शाखारहित बैंकिङ भने विस्तार गरेको छैन । बैंकका क्षेत्रीय कार्यालय विराटनगर, राजविराज, जनकपुर, विरगन्ज, काठमाण्डौं, पोखरा, भैरहवा, दाङ, नेपालगन्ज र धनगढी गरी १० वटा रहेका छन् । कृषि विकास बैंकको शाखा संजालले मुलुकका ७७ वटै जिल्ला कभर गरेका छन् । 

कुन प्रदेशमा कति शाखा ?
काठमाण्डौं उपत्यका र उपत्यका बाहिर गरि कृषि विकास बैंकका कुल शाखा २५९ रहेका छन् । बैंकको सबैभन्दा बढी शाखा प्रदेश नं.३ मा रहेका छन् । यहाँ कृषि विकास बैंकका कुल शाखा ६२ वटा सञ्चालनमा रहेका छन् । त्यस्तै, प्रदेश नं. ६ मा सबैभन्दा कम १३ शाखा मात्रै सञ्चालनमा रहेको छन् । यसबाहेक, प्रदेश नं. १ मा ४४ वटा, प्रदेश नंं. २ मा ४१ वटा शाखा, प्रदेश नं. ४ मा २८ वटा, प्रदेश नं. ५ मा ४६ वटा र प्रदेश नंं. ७ मा २५ वटा शाखा सञ्चालनका रहेका छन् । कुल २५९ शाखामध्ये, कृषि विकास बैंकको सबैभन्दा बढी कारोबार प्रदेश नं. ३ अन्तर्गत पर्ने काठमाडौं जिल्लाको जोरपाटी शाखाबाट भएको छ ।

एक वर्षमा आठ थपिए, १४ थपिँदै
कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७४।७५ मा आठ वटा नयाँ शाखा संचालनमा ल्याएको छ । त्यस्तै, २१ वटा एटिएम पनि थप गरेको छ । चालू आर्थिक वर्ष २०७५।७६ मा थप १४ शाखा विस्तार गर्ने बैंकको योजना छ । यससँगै कृषि विकास बैंकको शाखा संख्या २७३ पुग्नेछ ।  

Ad