नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र गुराँश लाईफ इन्स्योरेन्स क. लि. बीच बैंकास्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे श्रावण ७ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्स क. लि. को पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र गुराँश लाईफ इन्स्योरेन्स क. लि.का तर्फ वाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरे ।


